Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डोको गोल संगै रियल म्याड्रिडको जित

रोनाल्डोको गोल संगै रियल म्याड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत आज भएको रियल म्याड्रिड र एइबार बीच को खेलमा म्याड्रिडले एइबारलाई २–१ गोलले पराजित गरेको छ। खेलमा रियललाई जित दिलाउने दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे।

रोनाल्डोले ३४ मिनेटमा गोल गरेर रियललाई अग्रता दिलाए। तर एइबारका लागि रामिसले ५० मिनेटमा बराबरी गोल फर्काए। रोनाल्डोले ८४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाएका हुन्।

जितसँगै अंक तालिकाको तेस्रो स्थानको रहेको रियलले २८ खेलबाट ५७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको ६१ र शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ। दुवै १ खेल कम खेलेका छन्।

About Kiran Shahi

Check Also

रोनाल्डो रियल मड्रिड छोड्न तयारमा

आफ्नो पारिश्रमिक नबढेपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेका छन्। रोनाल्डो एक सय …

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको …

Leave a Reply