रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८को ड्र सार्वजनिक भएको छ। ड्र शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।
युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् भने अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् ।
विश्वकप खेल्ने ३२ टोलीलाई निम्न ८ समूह मा विभाजित भएका छन्:
समूह एः रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्ट
समूह बीः पोर्चुगल, स्पेन, मोरक्को र इरान
समूह सीः फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क
समूह डीः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बिया
समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया
समूह जीः इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामा
समूह एचः पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान