Home » राष्ट्रिय फुटबल » रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाइनलमा रुपन्देही ११ ले नवलपरासी ११ लाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जित संगै रुपन्देही ११ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीले ३७ औं मिनेटमा अशोक थापाको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा नवलपरासीले बराबरी गोल फर्कायो ।

तर, निशान लिम्बुले ८० औं मिनेटमा रअशोक थापाले ८६ औं मिनेटमा गोल गरेपछि आयोजक विजयी बन्यो ।

भोलि आइतबार दुई विभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबबीच खेल हुनेछ ।

About Kiran Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply