Home » अन्तर्राष्ट्रिय फुटबल » रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित, मड्रिडलाई गम्भीर धक्का

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित, मड्रिडलाई गम्भीर धक्का

स्पेनिस लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड आफ्नो घरेलु मैदान बर्नाबेउमा रियल बेटिससँग १–० ले पराजित भयो । यो सिजन खराब प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिडलाई यो हार संगै गम्भीर धक्का लागेको छ ।

अन्तिम समयसम्म गोलरहित बराबरी खेलेको रियल मड्रिडका लागि खेलमा इन्जुरी समय भने निकै घातक बन्यो । पाँच खेलको प्रतिबन्धपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदान फर्किएको खेलमा रियल मड्रिडबाट जोगिन सकेन । रोनाल्डोको लागि यो सिजनको ला लिगामा यो नै पहिलो खेल हो।

इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औं मिनेटमा खाएको गोल रियलका लागि महंगो साबित भयो । रियल बेटिसका लागि एन्टोनियो सानाब्रियाले गोल गरेका हुन् । २१ वर्षका सानाब्रियाले एन्टोनियो बार्रगानको क्रस बललाई हेड गरेर गोलमा परिणत गरेका हुन् ।

घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाएको थियो । रोनाल्डोसहित रियल मड्रिडका अरु खेलाडीले २७ पटक गोल गर्ने मौका बनाएका थिए । तर गोल भने गर्न सकेनन् ।

रियल बेटिससँगको हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा सात अंकले पछि परेको छ । रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । बार्सिलोना १५ अंकका साथ शीर्ष स्थानमा छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा लास पालमसलाई १–० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ । यस्तै डिप्रोटिभो डि लाकोरुनाले एलाभेसलाई १–० ले हरायो भने लेगानेस र गिरोनाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

About Kiran Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply