Home » राष्ट्रिय फुटबल » रियल मड्रिडको फुटबल प्रशिक्षण शिविर हुने

रियल मड्रिडको फुटबल प्रशिक्षण शिविर हुने

स्पेनिस महारथी क्लव रियल मड्रिडको रियल मड्रिड फाउण्डेसनले पाँच दिने फुटबल प्रशिक्षण शिविर काठमाडौंमा आयोजना गर्ने भएको छ ।

फाउण्डेसनका लागि काठमाडौंको व्यवस्थापनको जिम्मा लिएको शुभारम्भ एजुकेसन एण्ड टूर्सले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ देखि २६ सम्म काठमाडौंमा प्रशिक्षण शिविरको आयोजना हुने जानकारी दिएको छ ।

खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा हुने प्रशिक्षण शिविर रियल मड्रिडका प्रशिक्षकहरुले सञ्चालन गर्नेछन् । यसका लागि दुई जना प्रशिक्षक मड्रिडबाट आउनेछन् ।

चोभारस्थित मोर्डन इण्डियन स्कुलको मैदानमा हुने शिविरमा १८ बर्षमूनिका स्कुले बिद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

शिविरका लागि प्रति व्यक्ति ३५ हजार शुल्क तोकिएको छ । यसबापत प्रशिक्षार्थीले खाना, यातायात र रियल मड्रिडको फुटबल किट पाउनेछन् ।

शिविरबाट उत्कृष्ट भएका एक खेलाडीले सिंगापुरमा रहेको रियल मड्रिड फाउण्डेसन एकेडेमीको पाँच दिने प्रशिक्षणमा छनौट हुनेछन् ।

(अनलाइनखबर)

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply