Home » अन्तर्राष्ट्रिय फुटबल » युरोपका टप पाँच लिगमा धेरै गोल गर्ने खेलाडी रोनाल्डो

युरोपका टप पाँच लिगमा धेरै गोल गर्ने खेलाडी रोनाल्डो

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । ला लिगा अन्तर्गत बुधबार राति सेल्टा डी भिगोसँगको खेलमा रोनाल्डोले दुई गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।

यो खेलमा दुई गोल गरेका रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले इंग्लिस प्रिमियर लिग र ला लिगामा गरी ३६७ गोल गरेर युरोपका शीर्ष पाँच लिग मध्ये सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

उनले सन् १९७१ मा इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । चेल्सी, एसी मिलान, टोटनह्याम तथा वेष्ट ह्यामका पूर्व स्ट्राइकर जिम्मी ग्रेएभेसले लिगमा ३६६ गोल गरेका थिए ।

सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा ३६५ गोल गरेका बार्यन म्युनिखका गेर्ड मुलर छन् । ३४६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी चौथो स्थानमा छन् ।

साभार: उजाय्लो

About Kiran Shahi

Check Also

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

Leave a Reply