Home » अन्तर्राष्ट्रिय फुटबल » मेस्सी र रोनाल्डोलाई पछि पार्ने नेइमारको यस्तो योजना

मेस्सी र रोनाल्डोलाई पछि पार्ने नेइमारको यस्तो योजना

असोज २६ – ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पिएसजी) स्टार नेइमारले यो वर्ष नभए पनि अर्को वर्ष बालोन डी’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्ने योजना बनाएका छन् । नेइमारले सन् २०१८ को बालोन डी’आरमा आफ्नो नाम लेखाउने योजना बनाएको स्पेनिस वेब साइट डन बालोनले दाबी गरेको छ । त्यसका लागि आउँदो वर्ष हुने विश्वकप फुटबलमा ब्राजिललाई उपाधि दिलाउने र त्यसले आफूलाई बालोन डी’ओरको यात्रा तय गराउने नेइमारको सपना छ । ब्राजिलसँगै रोनाल्डो कप्तान रहेको पोर्चुगल र मेस्सी कप्तान रहेको अर्जेन्टिना पनि विश्वकपमा छनौट भइसकेका छन् । आउँदो डिसेम्बरमा घोषणा हुने यो वर्षको बालोन डी’ओरका लागि रोनाल्डो र मेस्सीसहित नेइमार पनि मनोनयनमा परेका छन् । तर यसपटक पनि रोनाल्डो वा मेस्सीले अवार्ड जित्ने आंकलन गरिएको छ । यो दौडमा गएको सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डो अघि छन् ।

(उज्यालोअन्लाईनको सहयोगमा)

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply