Home » अन्तर्राष्ट्रिय फुटबल » मेसीले इक्वेडरविरुद्ध यसरी गरे ह्याट्रिक [भिडियो]

मेसीले इक्वेडरविरुद्ध यसरी गरे ह्याट्रिक [भिडियो]

इक्वेडरविरुद्ध लियोनल मेसीको ह्याट्रिक मद्दतमा अर्जेन्टिना विश्वकप २०१८ का लागि छानिएको छ। बुधबार बिहान इक्वेडरविरूद्ध मेसीका तीन गोल हानेर रसिया विश्वकपमा अर्जेटिनाको सिट सुरक्षित गराएका हुन्।

खेलको सुरुमा इक्वेडरका रोमारियो इबोराले अर्जेन्टिनाविरूद्ध पहिलो गोल गरेका थिए। त्यसपछि मेसीले खेलको १२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको २० औं मिनेटमा उनले दोस्रो गोल गरे।

दोस्रो हाफको ६२ औं मिनेटमा मेसीले तेस्रो गोल गर्दै इक्वेडरविरूद्ध ह्याट्रिक गरे। मेसीको ह्याट्रिकसँग घरेलु मैदानमा खेलेको इक्वेडरले हार व्यहोर्नु पर्यो। मेसीले यो खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा मात्र पुर्याएनन् छनौट चरणमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड समेत बनाएका छन् ।

विश्वकप छनौटका ४५ खेल खेलेका मेसीले २१ गोल गरेका छन्। विश्वकप छनौट खेलेका खेलाडीले गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी गोल हो।

यसरी गरेका थिए मेसीले ३ गोल-

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply