Home » राष्ट्रिय फुटबल » मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए ।

आजको हारसँगै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब भने यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ ।

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका गोलरक्षक विकेश कुथु घोषित हुँदै रु २५ हजार पुरस्कार पाएका छन् ।

आगामी सोमबार उपाधिका लागि आयोजक झापा–११ र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले रु १२ लाख ५१ हजार र उपविजेताले रु छ लाख पुरस्कार पाउने छन् ।

About Kiran Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply