Home » अन्तर्राष्ट्रिय फुटबल » बार्सिलोनामा डेम्बेले अनुबन्धीत , ११ नम्बर जर्सी लगाउने

बार्सिलोनामा डेम्बेले अनुबन्धीत , ११ नम्बर जर्सी लगाउने

पछिल्लो सीजनमा डर्टमन्डको लागि डेबिलको रेकर्ड
पछिल्लो सीजनमा डर्टमन्डको लागि डेबिलको रेकर्ड

बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गर्ने भएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा नयाँ खेलाडीको खोजीमा रहेको बार्सिलोनाले डेम्बेलेलाई ल्याउने भएको हो ।

बार्सिलोनामा डेम्बेले अनुबन्धीत , ११ नम्बर जर्सी लगाउने
बार्सिलोनामा डेम्बेले अनुबन्धीत , ११ नम्बर जर्सी लगाउने

बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा ल्याउन लागेको हो । यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ । उनी विश्वका दोस्रो महंगा खेलाडी बन्ने भएका छन् । बार्सिलोनाले डेम्बेलेका लागि सुरुमा ९ करोड ६८ लाख तिर्नेछ ।

२० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गर्न लागेको हो । डेम्बेलेको मेडिकल सोमबार हुने र त्यही दिन सम्झौतामा हस्ताक्षर पनि हुनेछ । बार्सिलोनाले डेम्बेलका लागि रिलिज क्लज ४० करोड युरोको राख्नेछ ।

नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर तीनपटकको प्रयासमा पनि बार्सिलोना सफल हुन सकेन । बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ । डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने पनि बार्सिलोनाले जनाएको छ । बार्सिलोनामा ११ नम्बरको जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।

 

About Kiran Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply