Home » राष्ट्रिय फुटबल » बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशको २३ वर्षमुनिको टिमसँग हुने मैत्रीपूर्ण फुटबलको सबै तयारी पूरा भएको जनाएको छ । आगामी मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलका लागि सबै तयारी पूरा भएको एन्फाले बुधबार जनाएको हो ।

अहिले २८ जना खेलाडी प्रशिक्षणमा रहेपनि प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेशसँग खेल्ने अन्तिम २३ जनाको नाम टुंगो लगाउने छन् । २३ वर्षमुनिको एशिया कप फुटबलको छनौट खेलको तयारी स्वरुप बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

नेपाल रहेको समूह डीको छनौट खेल १५ दिन पछि युएईमा हुने छ । नेपाल रहेको समूहमा घरेलु टोली युएईसहित उज्वेकिस्तान र लेबनन छन् ।

About Milan Shahi

Check Also

पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियललाई

नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको …

भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम …

Leave a Reply