Home » राष्ट्रिय फुटबल » फुटसल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिरुद्ध औषधी व्यवसायी भिड्ने

फुटसल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिरुद्ध औषधी व्यवसायी भिड्ने

पोखरा २२, असार । पोखरामा सुक्रबार देखि संचालन हुने अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को उद्घाटन खेलमा आयोजक साँघुमुख महेन्द्रपुल बजार समिति र नेपाल औषधी व्यवसायी संघ विच प्रतिष्प्रर्धा हुने भएको छ ।पोखरा गैह््रापाटनमा रहेको पोखरा फुटसल एरिनामा सुक्रबार विहान करिब ८ः३० बजे पछि उद्घाटन खेल हुने भएको प्रतियोगिता संयोजक मोतिराज तिमिल्सिनाले बताए । उनका अनुसार सुक्रवार मात्र १४ वटा विभिन्न चरणका खेलहरु हुने भएका छन । प्रतियोगितामा दुई समुहमा ९÷९ गरी १८ टिमको सहभागिता रहेको छ ।

पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलको बजार प्रबद्र्धन गर्न पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक तिमिल्सिनाले जनाए । दुई दिन चल्ने उक्त प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई मेडल प्रदान गरिने भएको छ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी प्रदान गरिने भएको छ ।  कास्की जिल्ला फुटसल संघको बिषेश सहयोगमा संचालन हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजक चेरिष्मिा ईम्पोरियम न्यूरोड, पोखरा र दोश्रो पुरस्कार प्रयोजकमा सिद्धार्थ बैंक लिमिटेड चिप्लेढुंगा पोखरा रहेको आयोजकले जनाएको छ ।

About Milan Shahi

Check Also

पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियललाई

नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको …

भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम …

Leave a Reply