Home » अन्तर्राष्ट्रिय फुटबल » पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्धित भएका छन् ।

नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् ।

यो मूल्य यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिए पनि नेइमारका लागि हाल खर्चिएको रकम त्यो भन्दा पनि बढी रहेको छ ।

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् । उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् । शुक्रबारदेखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् ।

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply