Home » राष्ट्रिय फुटबल » पाथीभरा गोल्डकप साउन २३ गतेदेखि हुने

पाथीभरा गोल्डकप साउन २३ गतेदेखि हुने

साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि शुरू  गर्ने जिल्ला फुटबल सङ्घले बताएको छ ।

निर्वाचनका कारण समयमै तयारी गर्न नभ्याएको तर प्रतियोगितालाई निरन्तरता दिन छोटो समयमा नै तीव्ररुपमा काम गर्नु परिरहेको खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए ।

झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, विभागीय टिम, भारत र भुटानलाई पनि उक्त खेलका लागि आमन्त्रित गर्ने तयारी भएको गुरुङले जानकारी दिए ।

गोल्डकपको पुरुष विजेता टिमलाई रू‍ एक लाख ५१ हजार, उपविजेतालाई रू‍ एक लाख ११ हजार तथा महिला विजेता टिमलाई रू ५१ हजार र उपविजेतालाई रू ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

About Milan Shahi

Check Also

पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियललाई

नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको …

भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम …

Leave a Reply