Home » राष्ट्रिय फुटबल » पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाली फुटसल टोली इरान प्रस्थान

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाली फुटसल टोली इरान प्रस्थान

एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को छनाेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोली बिहीबार इरान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत महिना मात्र छनोट गरेको राष्ट्रिय फुटसल टोलीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम   अफिसियल गरी २३सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे । 

नेपाले प्रतियोगितामा तीन खेल खेल्नेछ । नेपालले आगामी आइतबार उज्वेकिस्तान, सोमबार कीर्गिस्तान र मंगलबार तुर्किमिनिस्तानसँग तीन खेल खेल्नेछ ।

समूह चरणको विजेता  उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेशपाउनेछ  प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ 

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply