Home » अन्तर्राष्ट्रिय फुटबल » नेपाल द्वारा बंगलादेश २ – १ गोलले पराजित

नेपाल द्वारा बंगलादेश २ – १ गोलले पराजित

भुटानको थिम्पुमा जारी १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत सोमबार भएको नेपाल र बंगलादेश बिचको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको छ ।


नेपालका लागि अभिषेक रिजालले खेलको २२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा बंगलादेशले बराबरी गोल फर्काएको थियो । ५३ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर विश्वनाथ घोस बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । ७२ औँ मिनेटमा बंगलादेशको उत्कृष्ट प्रहार नेपालको पोष्टमा लागेर फर्किएको थियो । १० खेलाडीमा सिमित भए पनि बंगलादेशले राम्रो प्रदर्शन गरेको थियो । ७९ औँ मिनेटमा नेपालले गोल गर्दै अग्रता लिएको हो । ४० याडबाट हानेको फ्रि किक गोलमा परिणत भएको हो ।

यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । नेपालले आउँदो ११ गते भारतसँग खेल्नेछ । भारतसँगको खेल पनि जित्नुपर्ने दबाबमा नेपाल छ । गएको शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स छन् । सबैले एक अर्कासित खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबिच फाइनल खेल हुने छ । अहिलेसम्म अंकतालिकामा बंगलादेश, भुटान, नेपाल र भारतको समान ६ – ६ अंक छ भने माल्दिभ्सले खाता खोल्न सकेको छैन।

About Kiran Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply