Home » अन्तर्राष्ट्रिय फुटबल » नेपालले भारतसंग बराबरी खेल्यो

नेपालले भारतसंग बराबरी खेल्यो

१६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत आज नेपाल र भारतबिच भएको खेलमा, नेपाल र भारत २–२ को बराबरी खेलेका छन् ।

नेपालका ब्रृजेश चौधरीले ७६ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तेस्तै भारतका हरपितले ८३ औँ मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । ८५ औँ मिनेटमा भारतका हरपितले नै गोल गर्दै अग्रता दिलाएका थिए भने नेपालका नेपालका ब्रृजेश चौधरीले ८७ औँ मिनेटमा पुन: गोल गर्दै खेल बराबरी बनाएका हुन् ।

समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । इराक ६ अ‌ंकसहित समूहको शीर्ष स्थानमा छ । भारत ४ अंकसहित दोस्रोमा र १ अंकसहित नेपाल तेस्रो स्थानमा छ । प्यालेस्टाइनले अाफ्नो दुबै खेल हारेको छ । प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरीएकाे छ । अाइतबार नेपाल र प्यालेस्टाइनबिच खेल हुनेछ ।

१० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउने छन् ।

About Kiran Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply