Home » राष्ट्रिय फुटबल » दोश्रो पोखरा स्पोर्टस् अर्वाड शनिबार हुने

दोश्रो पोखरा स्पोर्टस् अर्वाड शनिबार हुने

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा दोश्रो पोखरा स्पोर्टस् अर्वाड कार्यक्रम हुँदैछ ।

दिउँसो २ बजेपछि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मञ्च, कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।अवार्ड समारोहको शुभारम्भ पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसीले गर्नेछन् । विविध सांगीतिक कार्यक्रमसहित हुने समारोहमा चर्चित गायक प्रमोद खरेल र बिनोद बानियाँले आफ्नो प्रस्तुति राख्नेछन् । यस्तै, बीबोईङ, जुम्बा डान्सका साथै सालैजो तथा झ्यारे नृत्य राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको खेलकुदका प्रस्तुति समेत रहने मंचले जनाएको छ । खेलाडीहरुले ¥याम्प वाक समेत गर्नेछन् ।

गत वर्षबाट सुरु भएको पोखरा स्र्पोट्स अर्वाडमा यस पटक पूर्व अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड सम्मान अर्पण गरिने मञ्चले जनाएको छ ।वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ र भलिवलकी अरुणा शाही मनोनयनमा परेका छन् । यसैगरी वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डबलका विशाल वस्नेत मनोनयनमा परेका छन् ।

वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिबलकी ममता डगौरा, एथ्लेटिक्सका दर्शना बुढा मगर र सागर नेपाली मनोनयनमा परेका छन् । यसैगरी, उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा, भारोत्तोलनका वखतमान श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका छन् । बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने मञ्चले जनाएको छ । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्रदान गरिने छ । मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक बिधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिनेछ । महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्य लाई जनही १०–१० हजार नगद र अर्वाड सहित सम्मानित गरिने छ । उक्त कार्यक्रमलाई गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

पोखरा स्र्पोट्स अर्वाडलाईलाई दर्जनौ संघसंस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको मञ्चका सचिव रञ्जन अधिकारीले जानकारी दिए । पछिल्लो क्रममा तमु धिँ यूकेबाट प्राप्त २५ हजार नगद मेजर लक्ष्मीप्रसाद गुरुङले उपाध्यक्ष दिननाथ बराललाई हस्तान्तरण गरे ।यस्तै, पोखरा स्पोर्टस् अवार्डका लागि हङकङ हर्बल ब्युटी ईन्स्टिच्युट तथा क्लारा इन्टरनेशनल स्पा एण्ड ब्युटी कलेजले टीसर्ट सहयोग गरेको छ । कलेजकी अध्यक्ष मीना गुरुङले मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिना, जिल्ला अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरिन् ।

About Milan Shahi

Check Also

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालले खेल्दैछ यि देशहरु सँग

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु-१५) फुटबल प्रतियोगिताको आफ्नो …

नेपाल आर्मी काकडभिट्टा गोल्डकप फुटवलको फाइनलमा

नेपाल आर्मी मेची नेत्रालय काकडभिट्टा गोल्डकप फुटवलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा …

Leave a Reply