Home » अन्तर्राष्ट्रिय फुटबल » जापानी फुटबलमा १५ वर्षीय मेसीले तहल्का पिट्दै

जापानी फुटबलमा १५ वर्षीय मेसीले तहल्का पिट्दै

जापानका एक १५ वर्षीय किशोर फुटबलरलाई अहिले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीसँग तुलना गर्न थालिएको छ। १५ वर्ष भए पनि उनी एफसी टोकियोको युथ–२३ टिमबाट खेल्ने गर्छन्। उनको नाम हो, टाकेफुसा कुबो। उनी मिडफिल्डबाट खेल्ने गर्छन्।
मेसी जस्तै उनको उचाइँ कम छ। बललाई गज्जबले नियन्त्रणमा राख्छन् र बललाई नियन्त्रणमा राखेर दौडिने कला उत्कृष्ट छ।

उनले जापानको जे–३ लिगमा केजेरो ओसाका क्लबका डिफेन्डरहरुको बीचबाट बल निकालेर गरेको बिस्फोटक गोलको अहिले चर्चा भइरहेको छ। यो गोलसँगै उनी जापानको जे लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्न पुगेका छन्। १३ वर्षअघि यो कीर्तिमान ताकायुकी मोरिमोतोको नाममा थियो।

मेसीजस्तै कुबोलाई पनि ९ वर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनाले आफ्नो युथ एकेडमीका लागि २०११ मा बोलाएको थियो। उनी ४ वर्ष बार्सिलोनाको ला मासिया एकेडेमीमै बसेका थिए। तर, बार्सिलोनालाई युवा खेलाडी अनुबन्ध गर्ने फिफाको अन्तर्राष्ट्रिय ट्रान्सफर नियम तोडेको आरोप लागेपछि उनी २०१५ मा जापान फर्किएका थिए।

जापानी पत्रिका निक्कन स्पोटर््सले उनी एफसी टोकियोमा अनुबन्धित भएदेखि उनको तुलना मेसीसँग गरिरहेको छ। तर, कुबोले भर्खरै भनेका छन्, ‘मलाई मेसीसँग तुलना गरेको मन पर्दैनँ। तर, आशावादी छुँ, एकदिन उनी जस्तै बन्ने छुँ।’ (SetoPati)

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply