Home » अन्तर्राष्ट्रिय फुटबल » क्रिस्टियानो रोनाल्डोको गोल संगै रियल म्याड्रिडको जित

क्रिस्टियानो रोनाल्डोको गोल संगै रियल म्याड्रिडको जित

स्पेनिस लिगा ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

रियलका लागि करिम बेन्जिमाले ३९ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तेस्तै ५६ औं मिनेटमा जर्ज मोलिनाले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए । तेस्तै खेल सकिन ५ मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियल म्याड्रिडलाई जित दिलाएका थिए ।

जित संगै रियल अंकतालिकाको पाँचौं स्थान बाट दोस्रो स्थानमा उक्लेको छ । १ खेल कम खेलेको बार्सिलोना लिगको शीर्ष स्थानमा छ। रियल बार्सिलोना भन्दा अझै ४ अंकले पछाडि छ । बार्सिलोनाले शनिबार नै भएको खेलमा एट्लेटिको म्याड्रिडको सामना गरेको छ।

About Kiran Shahi

Check Also

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

Leave a Reply