Home » राष्ट्रिय फुटबल » एशियाली फुटबल महासंघले म्याच फिक्सिङको अनुसन्धान गरेबापत नेपाल प्रहरीलाई सम्मान गरेको छ

एशियाली फुटबल महासंघले म्याच फिक्सिङको अनुसन्धान गरेबापत नेपाल प्रहरीलाई सम्मान गरेको छ

२०१५ डिसेम्बर ४ मा एएफसीको इथिक्स कमिटीले चार जना नेपाली खेलाडी र एक अफिसियललाई फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा आजीवन प्रतिबन्ध लगाएको थियो ।

अफिसियल अञ्जन केसी, तथा चार खेलाडीहरु सागर थापा, सन्दिप राई, रितेश थापा र बिकाशसिंह क्षेत्रीलाई एएफसीको अनुशासन तथा नैतिक संहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर भएका थिए ।

एशियाली फुटबल महासंघले म्याच फिक्सिङको अनुसन्धान गरेबापत नेपाल प्रहरीलाई सम्मान गरेको छ

एएफसीले स्पोर्टराडार, नेपाल पुलिस र युईएफएको इन्टिगि्रटी कमिटीको सहयोगमा एक वर्ष लामो अनुसन्धान पछि खेलाडी तथा अफिसियललाई प्रतिबन्ध लगाएको थियो ।

एशियाली फुटबल महासंघले नेपालमा भएको म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखालाई सम्मान गरेको छ ।

नेपाल प्रहरीका तत्कालिन एसएसपी सर्बेन्द्र खनालले यस अनुसन्धानको नेतृत्व लिएका थिए । साथै तत्कालिन इन्स्पेक्टर सुदीपराज पाठकको भूमिका पनि यस अनुसन्धानमा अहम् थियो ।

एएफसीका महासचिव डाटो विण्डरसन जोनले म्याच फिक्सिङ प्रकरणको नेतृत्व लिएर अनुसन्धान गरेका नेपाल पुलिसका सर्बेन्द्र खनाल र सुदीपराज पाठकलाई सम्मानस्वरुप भेट गरे ।

एएफसी महासचिवले भने, ‘डिआइजी खनाल र डिएसपी पाठकलाई एएफसी हाउसमा सम्मानका साथ स्वागत छ, जसले सन् २०१५ मा नेपालमा महत्वपूर्ण म्याच फिक्सिङ प्रकरणको सफल अनुसन्धान गर्नुभयो ।’

‘यो सुनेेेर म निक्कै प्रशन्न भएको छु कि नेपालको सरकारले म्याच फिक्सिङलाई अपराधको रुपमा परिभाषित गरेको छ । यसले म्याचको नतिजा हेरफेर गर्नेहरुलाई कारबाही गर्न सहज भएको छ । अन्य देशहरुले पनि यस उदाहरण कार्यान्वयन गरुन् ।’

About Kiran Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply