Home » ब्रेकिङ न्युज » एएफसी यू–१९ छनोट – कीर्गिस्तानसँग नेपाल पराजित

एएफसी यू–१९ छनोट – कीर्गिस्तानसँग नेपाल पराजित

एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तान २–० ले पराजित भएको छ।

बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भर्खरै सम्पन्न खेलमा पहिलो हाफमा १–०ले पछि परेको नेपालले दोस्रो हाफको थपिएको समयमा थप एक गोल व्यहोर्न पुग्यो।

यो हार सँगै नेपालको अन्तिम चरण पुग्ने लक्ष्यमा पनि धक्का पुगेको छ। प्रतियोगिताबाट च्याम्पियसिपका लागि १६ टोली छनोट हुनेछन्। जसमा विभिन्न १० समूहका शीर्ष टोलीहरु सँगै दोस्रो स्थानमा रहने ५ तथा आयोजक टोली रहने छन्।

नेपालले अब आागमी खेल कार्तिक १६ गते बहराइनविरुद्ध खेल्नेछ।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply