Home » अन्तर्राष्ट्रिय फुटबल » अमेरिकी फुटबलमा यस कारण मचियो खलबली

अमेरिकी फुटबलमा यस कारण मचियो खलबली

असोज २६ – अमेरिका आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुनु निकै दुःखको कुरा रहेको र यो अमेरिकी फुटबलका लागि अँध्यारो पाटो बन्ने अमेरिकी टिमका पूर्व डिफेन्डर एलेक्सी लालासले बताएका छन् । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पारजित भएपछि अमेरिका विश्वकपमा छनौट हुन नसकेको हो । अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।

अमेरिकालाई लगातार आठौं पटक विश्वकपको यात्रा तय गर्नका लागि अन्तिम खेल बाँकी हुँदा एक अंक मात्रै चाहिएको थियो । तर छनौट चरणका अघिल्ला ९ खेलमा एक खेल मात्रै जितेको ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएर विश्वकप यात्रा गुमाउनु समग्र अमेरिकी फुटबलका लागि राम्रो नरहेको उनले बताएका छन् ।

अमेरिकी टिमको कमजोरीका कारण छनौट हुन नसकेको उनले आरोप लगाएका छन् । अमेरिकी टिमका मुख्य प्रशिक्षक बु्रस एरिनाले हारको जिम्मेवारी लिएका छन् । तर आफू र टिमले गरेको काम तथा नीतिमा कुनै कमजोरी भने नरहेको उनले दाबी गरेका छन् ।

तर अमेरिकी फुटबलको प्रशासकीय निकायका १७ निर्देशक मध्ये एक डोन्ना इ. शालालाले असफलता स्वीकार्य नरहेको र अब ठूलो परिवर्तनको समय आएको बताएका छन् । उत्तर तथा मध्य अमेरिकी क्षेत्रबाट अमेरिका छनौट हुन नसक्दा पानामाले पहिलोपटक विश्वकपमा स्थान बनायो भने होण्डुरसले प्ले–अफमा स्थान सुरक्षित गरेको छ ।

(उज्यालोअन्लाईनको सहयोगमा)

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

Leave a Reply