Home » ब्रेकिङ न्युज » अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलरमा बिक्री

अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलरमा बिक्री

नेपाल अन्तरराष्ट्रिय खेलाडी अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलर (36,१९० रूपैया) मा बिक्री भएको छ।

केही दिन अगाडि सिड्नीमा सम्पन्न भएको कार्यक्रममा एक जना फूटबल फ्यानले उक्त जर्सी किनेका हुन ।

गुरुङले भने, “मलाई मेरो नाम अन्कित जर्सी यति धेरै मुल्यमा बिक्री हुन्छ भनेर सोचेकै थिईन”।

गुरुङ र अर्का नेपाली खेलाडी नवयुग श्रेष्ठ अहिले अष्ट्रेलियामा छन। उनिहरु अष्ट्रेलियाको सम्मान थाप्न त्यहाँ गएका हुन।

सहारा क्लबको जर्सी पनि २५० अष्ट्रेलियन डलर (१९,२५० रूपैया) मा बिक्री भएको छ।

सहारा क्लबको जर्सी बिक्री बाट संकलित रकम सहारा एकेडेमीमा प्रयोग हुने सहारा अष्ट्रेलियाको अध्यक्ष राजमान थकालीले बताउनुभयो।

अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलरमा बिक्री
अनिल गुरुङको जर्सी ४७० अष्ट्रेलियन डलरमा बिक्री

About Kiran Shahi

Check Also

विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

आउँदो जुन देखि सुरुहुने विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ। यो पोस्टरले रुसको कलात्मक …

नेपाली फूटबल इतिहासमा सबैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डकप फूटबल प्रतियोगिता इटहरीमा हुने

सुनसरीः सुनसरीको इटहरीमा मोफसलकै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ। …

Leave a Reply