Home » अन्तर्राष्ट्रिय फुटबल » पटक–पटक विवादमा तानिने, रिसाहा रोनाल्डो

पटक–पटक विवादमा तानिने, रिसाहा रोनाल्डो

अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्तमान पुस्ताका उम्दा फुटबलर हुन् । विश्वमा दुवै फुटबलरका करोडौँ समर्थक छन् । यी दुई खेलबीचको उत्कृष्टता मापनमा भने विश्व फुटबलका समर्थक विभाजित छन् ।

रोनाल्डोले कहिले–कहिलेरोनाल्डोले कहिले–कहिलेपाए रातो कार्ड ?

  • २००४ एस्टन भिल्लाविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड)
  • २००६ म्यानचेस्टर सिटीविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड) 
  •  २००७ पोर्टसमाउथविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड) 
  • २००८ म्यानचेस्टर सिटीविरुद्धको खेल (म्यानचेस्टर युनाइटेड) 
  • २००९ अल्मेरियाविरुद्ध खेल (रियल म्याड्रिड)  
  • २०१० मालागाविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१३ एथ्लेटिको म्याड्रिडविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१४ एथ्लेटिका बिल्बाओविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१५ कोर्डाेबाविरुद्धको खेल (रियल म्याड्रिड)
  • २०१७ बार्सिलोनाविरुद्धको खेल (रियल म्याड्रिड)

रोनाल्डो (रियल म्याड्रिड) र मेसी (बार्सिलोना)
स्पेनका परस्पर विरोधी तथा चिरपरिचित प्रतिद्वन्द्वी क्लबबाट फुटबल खेल्छन् । त्यसो त दुईबीच मैदानभित्र र बाहिर राम्रो सम्बन्ध छैन । दुई महिनाअघि मेसीले आफ्नो विवाह समारोहमा विश्वका चर्चित फुटबलरलाई बोलाउँदा रोनाल्डोलाई सम्झेनन् । त्यसअघि रोनाल्डोले मेसी आफ्नो साथी होइनन् भनेर टिप्पणी गरेका थिए । पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने उत्कृष्ट खेलाडीको अवार्ड यी दुई खेलाडीबीच नै घुमिरहेको छ । मेसीले पाँचपटक अवार्ड जितेका छन् भने रोनाल्डो चारपटक उत्कृष्ट चुनिएका छन् । पछिल्लोपटक रोनाल्डोले मेसीलाई पछि पारेर अवार्ड हात पारेका थिए ।


दुवै खेलाडी आफ्नो क्षमतामा अब्बल भए पनि मेसीको तुलनामा रोनाल्डो पटक–पटक विवादमा तानिने गरेका छन् । मेसी मैदानभित्र प्रायः शान्त रहन्छन् भने रोनाल्डो अधिकांश समय आक्रामक व्यवहार देखाउने गर्छन् । जुन व्यवहारले रोनाल्डोले महँगो मूल्य चुकाउनुपर्ने गरेको छ । आक्रामक व्यवहार देखाएकै कारण रोनाल्डोले क्लब करिअरमा अहिलेसम्म १० पटक रातो कार्ड पाएका छन् । रियल म्याड्रिडबाट ६ रातो कार्ड पाइसकेका रोनाल्डो इंग्लिस म्यानचेस्टर युनाइटेडमा खेल्दा चारपटक रातो कार्डको सिकार भएका थिए । अन्तर्राष्ट्रिय खेलमा भने रोनाल्डोले अहिलेसम्म रातो कार्ड पाएका छैनन् ।

पाँच खेल प्रतिबन्ध 
२०१७–१८ सिजनको सुरुवातमै रोनाल्डोले रेफ्रीप्रति अभद्र व्यहार देखाउँदा रोनाल्डोलाई पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कपको बार्सिलोनाविरुद्ध पहिलो लेगमा सब्सिच्युट खेलाडीका रूपमा मैदान छिरेका रोनाल्डोले गोल गरेर रियललाई अग्रता दिलाएपछि जर्सी फुकालेर आक्रामक सेलिब्रेसन गरे । त्यसपछि चेतावनी
स्वरूप रोनाल्डोलाई पहेँलो कार्ड देखाइएको थियो । लगत्तै जानाजान लडेर पेनाल्टी अपिल गरेको भन्दै रेफ्रीले रोनाल्डोलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । रोतो कार्ड पाएपछि रिसले चुर भएका रोनाल्डोले रेफ्रीलाई धकेले । जुन व्यवहार खेल भवानाविपरीत भएको स्पेनिस फुटबल महासंघअन्तर्गतको प्रतियोगिता विभागले ठहर ग¥यो । सुपर कपको दोस्रो खेल गुमाएका रोनाल्डोले स्पेनिस ला लिगाका सुरुवाती चार खेल गुमाउँदै छन् ।

आक्रामक व्यवहार देखाएकै कारण रोनाल्डोले क्लब करिअरमा अहिलेसम्म १० पटक रातो कार्ड पाएका छन् । रियल म्याड्रिडबाट ६ रातो कार्ड पाइसकेका रोनाल्डो इंग्लिस म्यानचेस्टर युनाइटेडमा खेल्दा चारपटक रातो कार्डको सिकार भएका थिए ।

विपक्षीको मुखमा हातले धकेल्दा
गत सिजन रातो कार्ड पाएका रोनाल्डोले सन् २०१५ मा पनि रिस थाम्न नसक्दा दुई खेलको प्रतिबन्ध झेलेका थिए । २४ जुलाई २०१५ मा ला लिगाअन्तर्गत कमजोर मानिएको कोर्डाेबाविरुद्ध रियलले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन । रेलिगेसनबाट बच्न संघर्षरत कोर्डाेबाले रियललाई अन्तिमसम्म बराबरीमा रोकिएको थियो । कोर्डाेबाविरुद्ध गोल गर्न लागतार चुकेपछि रोनाल्डोमाथि दबाब बढ्यो ।


यस्तोमा खेलको ८४औँ मिनेटमा टोनी क्रुसको फ्री किकलाई रोनाल्डोले छुन सकेनन् । क्रुसले फ्री किक प्रहार गर्नेक्रममा रोनाल्डोलाई कोर्डाेबाका डिफेन्डरले कडा निगरानी गरेका थिए । त्यसैको झोँकमा रोनाल्डोले कोर्डाेबाका सेन्ट्रर ब्याक जोस एन्जल क्रेस्पेलाई मुखमा हातले धकेले । त्यसपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । रातो कार्ड पाएपछि रोनाल्डो झनै क्रोधित बने । उनी मैदान नछाड्दासम्म चिच्याइरहे । फलस्वरूप रोनाल्डोलाई प्रतिबन्ध लगाइयो ।
सन् २०१४ को फ्रेबुअरीमा पनि रोनाल्डोले विपक्षी खेलाडीको मुखमा हात राखेर धकेल्दा रातो कार्डको सामना मात्र गर्नुपरेन, दुई खेलको प्रतिबन्धसमेत झेल्नुप¥यो । ला लिगाअन्तर्गत एथ्लेटिको बिल्बाओबिरुद्ध रियलले राम्रो खेल्न सकेन । खेल सकिन २० मिनेट बाँकी छँदा रोनाल्डोले बल खोस्ने क्रममा बिल्बाओका खेलाडीको मुखमा हातले धकेलेका थिए । त्यसपछि रोनाल्डोले बिल्बाओका कार्लाेस गुर्पेगी र आन्द्रे इतुराप्सेसँग वादविवाद गर्दै झगडा गरेका थिए । झगडा गरेपछि रातो कार्ड पाएका रोनाल्डोले मैदानबाहिर निस्कनेक्रममा पनि आक्रोशित व्यवहार देखाए । त्यसक्रममा रोनाल्डोले आफ्नै अनुहारमा पटक–पटक थप्पड हानेका थिए । जसकारण रोनाल्डोलाई थप दुई खेलको प्रतिबन्ध लगाइयो ।

बुटले नाकमा प्रहार 
सन् २०१३ को कोपा डेल रेको फाइनलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा भएको थियो । खेलमा एथ्लेटिकोले थप गरिएको समयमा गोल गरेर २–१ ले अग्रता लियो । त्यसपछि रियलका खेलाडी आक्रामक रूपमा उत्रन थाले । खेलका क्रममा एथ्लेटिकोका कप्तान गाबीले रोनाल्डोलाई छक्याएर अगाडिबाट बल नियन्त्रण लिए । तर, पछाडिबाट रोनाल्डोले बललाई होइन, गाबीलाई हिर्काए । गाबीको शरीर अँठ्याएर रोनाल्डोले बुटले नाकमा प्रहार गरेका थिए । त्यसपछि दुई क्लबका खेलाडीबीच तनावको स्थिति उत्पन्न भयो । रियल म्याड्रिडका तत्कालीन प्रशिक्षक जोसे माउरिन्होसमेत झगडामा गर्न अघि सरे । रेफ्रीले रोनाल्डोलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । माउरिन्होलाई पनि अफिसियल बक्समा बस्न प्रतिबन्ध लगाइएको थियो । रोनाल्डोलाई कोपा डेल रेका थप दुई खेलमा समेत प्रतिबन्ध लगाइएको थियो । खेलमा पराजित भएको रियलले एथ्लेटिकोसँग पछिल्लो १४ वर्षमा खेलिएको पहिलो फाइनल गुमायो थियो ।

एकै सिजन दुई रातो कार्ड 
रोनाल्डोले सन् २००९–१० ला लिगा सिजनमा दुई रातो कार्ड पाए । सन् २००९ डिसेम्बरमा रोनाल्डोले अल्मेरियाविरुद्धको खेलमा रातो कार्ड पाए । २–२ को बराबरीको स्थितिमा रहेको खेलमा रोनाल्डोले पेनाल्टी मिस गर्दा रियलले अग्रता लिने अवसर गुमाएको थियो । तर, रोनाल्डोले लगातार दुई गोल गरेर रियललाई ४–२ को अग्रता दिलाए । अग्रता दिलाएपछि रोनाल्डोले जर्सी फुकालेर सेलिब्रेसन गरेका थिए । त्यसक्रममा रोनाल्डोले पहेँलो कार्ड पाए । खेलको अन्त्यतिर अल्मेरियाका जाउमा ओर्टिजमाथि फल गरेपछि रोनाल्डो दोस्रो पहँेलो कार्ड पाएर मैदान छाड्न बाध्य भए ।


रोनाल्डोले ६ सातापछि अर्काे रातो कार्ड पाए । २०१० जनवरीमा मालागाका प्याट्रिक जान टिलिंगालाई कुइनोले मुखमा प्रहार गरेपछि रेफ्रीले सीधै रातो कार्ड देखाएर रोनाल्डोलाई मैदानबाहिर पठाएका थिए । रोनाल्डोको प्रहारका कारण प्याट्रिकको मुखबाट रगतको धारा बगेको थियो । खेलपछि पत्रकारलाई प्रतिक्रिया दिएका रोनाल्डोले आफूलाई विनाकारण रातो कार्ड दिएको दाबी गरे । उनले रगत आउँदैमा रातो कार्ड दिनुपर्ने कुनै कारण नभएको बताउँदै मालागाका खेलाडीलाई होच्याउँदै भनेका थिए, ‘मालागाको बच्चो जम्मा ५ फिटको रहेछ, यदि ६ फिटको भए मेरो कुहिनो उसको छातीमा पर्ने थियो ।’ खराब व्यवहार गरेका कारण रोनाल्डोलाई थप दुई खेलमा प्रतिबन्ध लगाइयो । नयाँ पत्रिकाबाट

About Milan Shahi

Check Also

उत्तर कोरियाली फुटबल खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

एजेन्सी । अस्ट्रेलियाले उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको …

मेस्सीलाई म्यानचेष्टर सिटीले मोटो रकम खर्चन तयार

स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाईक्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भनेनयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले मेस्सीलाई अर्काे ट्रान्सफरमा ३५८ मिलियनपाउण्ड खर्चन तयार रहेको उल्लेख गरिएको छ । स्रोतका अनुसार सिटीले मेस्सीसँग बराम्बर छलफल भैरहेको र छलफल सकरात्मक भैरहेको बताइएको छ । यदि मेस्सी सिटीमाअनुबन्ध भए बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको पुर्नमिलन हुनेछ । पेप ग्वार्डिओलाले चारवर्ष अघि बार्सिलोनाछाडेका थिए । बार्सिलोनका अध्यक्ष जोसेफ मारिया बार्टाेमेउले बार्सिलोनामा मेस्सीसँग यसअघि नै नयाँ सम्झौताको लागि सम्पूर्ण प्रक्रिया पूराभैसकेको बताउदै आफ्नो समर्थकहरुलाई मेस्सी बार्सिलोनामै रहि रहनेमा ढुक्क हुन आग्रह गरेका छन् । बार्सिलोनाले यसै समर ट्रान्सफरमा आफ्ना मुख्य खेलाडी नेयमारलाई गुमाइसकेको थियो । नेयमार विश्व कीर्तिमानी मुल्य १९८मिलयन पाउण्डमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत अगस्टमा अनुबन्ध भएका थिए । मेस्सी अहिले सन् २०१८ मा रुसमा हुने रसिया विश्वकप अन्र्तगतको दक्षिण अमेरिकी क्षेत्रको छनोट चरणको खेलमा व्यस्त छन् ।मेस्सी कप्तानीमा रहेको अर्जेन्टिनाले बुधबार बिहान ‘गर या मर’ को अवस्थामा इक्वेडरसँग छनोट चरणको अन्तिम खेल खेल्दैछ ।उक्त खेलमा जित हात पारे अर्जेन्टिनाले कम्तीमा पनि प्ले अफमा स्थान बनाउनेछ । इक्वेडरसँग बराबरी या कोलम्बिया र पेरुकोखेलमा कुनै एक टिमले जित हात पारेमा पनि अर्जेन्टिनाको प्ले अफ सम्भावना जीवितै रहनेछ । इक्वेडरसँग हार या बराबरी तथाकोलम्बिया र पेरुले बराबरी खेल अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना तालिकाको छैटौं स्थान अर्थात प्लेअफ भन्दा एक स्थान तल रहेको छ । यस क्षेत्रबाट शीर्षस्थानमा रहने चार टिमले सोझै विश्वकपमा स्थान बनाउनेछ भने पाँचौ हुने टिमले प्ले अफ खेल्नुपर्ने हुन्छ । (हाम्रो खेलकुदको सहयोगमा) Related

Leave a Reply