Home » राष्ट्रिय फुटबल » कर्पोरेट सेभेन ए साइडको उपाधी बिशालबजारलाई

कर्पोरेट सेभेन ए साइडको उपाधी बिशालबजारलाई

पहिलो पटक आयोजित अन्तर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि विशाल बजार व्यवसायिक एशोसियसनले जितेको छ । नेपाल सेभेन ए साइड फेडेरेशनको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनलमा टिएन मल्टिनेशनल कम्पनीलाई ३–० ले पराजित गरी उपाधी हात पारेको हो । उपाधी संगै बिजेताले रु ५० हजार शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन । उपविजेता टिएन मल्टिनेशनल कम्पनीले रु। ३० हजारसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

अन्तर कर्पोरेट फुटबल प्रतियोगिताबाट शुरु गरिएपनि फाईनलसम्म आइपुग्दा प्रतियोगिता क्लबस्तरीय फुटबल प्रतियोगिताको रुपमा रुपान्तरण भईसकेको थियो । बिजेता तथा उपबिजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुङ्ग, नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनका अध्यक्ष नविन पुन तथा फेडेरेशनका कोषाध्यक्ष एवम कार्यक्रम संयोजक सुनिल जिसीले पुरस्कार बितरण गरेका थिए ।

फेडेरेशनका कार्यसमिती सदस्य राजेन्द्र तामाङ्गलाई एएफसी को ए लाइसेन्स प्रशिक्षक प्राप्त गर्न सफल भएको तथा नविल थ्रि स्टार क्लबलाई आफ्नो प्रशिक्षकत्वमा लिग जिताउन सफल भएकोमा सम्मान गरिएको थियो । सोही अवसरमा अर्का कार्यसमिती सदस्य मनोजकुमार श्रेष्ठलाई यस बर्षको कार्यकुशलताको मुल्याँकन गर्दै सम्मान गरिएको खेल संयोजक सुनिल जिसीले जानकारी दिए । सम्मानित ब्यक्तिहरुलाई प्रमुख अतिथी राजकुमार गुरुङ्गले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रम संयोजक समेत रहेका फेडेरेशनका कोषाध्यक्ष सुनिल जिसीकोे हजुरबुवाको स्मृतिमा आयोजित प्रतियोगिताका लागि प्रथम पुरस्कार समेत जिसीले प्रायोजन गरेका हुन ।

About Milan Shahi

Check Also

पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल शुरु

पोखरा रंगशालामा शनिबार देखि बीरबहादुर जि.सी स्मृति अन्तर कर्पोरेट सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु …

पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल साउन २१ देखि हुने

नेपाल सेभेन ए साइड फुटबल फेडेरेसनको आयोजनामा पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल साउन २१ देखि …

Leave a Reply