Home » राष्ट्रिय फुटबल » बिष्णुपादुका फूटबल एकेडेमीमा नयाँ खेलाडी भर्नाका लागि आबेदन खुला

बिष्णुपादुका फूटबल एकेडेमीमा नयाँ खेलाडी भर्नाका लागि आबेदन खुला

पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ हेमजा स्थित विष्णुपादुका क्लवद्धारा संचालित बिष्णुपादुका फूटबल एकेडेमीमा नयाँ खेलाडी भर्नाका लागि आबेदन खुलेको छ ।

एकेडेमीका संयोजक एंव प्रशिक्षक सुविन श्रेष्ठका अनुसार साउन महिना भित्र आवेदन फर्म भर्नका लागी आह्वान गरिएको छ । एकेडेमीमा भर्ना भई प्रशिक्षण लिनका लागी प्ररारम्भीक चरणमा ८ बर्ष सम्मका लागी रु.१ सय शुल्क निर्धारण गरिएको छ ।

प्रशिक्षक श्रेष्ठका अनुसार ८ देखि १२ बर्ष सम्म रु.१ सय ५०, १२ देखि १८ बर्ष सम्म रु.२ सय र १८ बर्ष भन्दा माथीका खेलाडीहरुका लागी रु.२ सय ५० रुपैयाँ तोकिएको छ ।

भर्ना पश्चात रु.१ सय मासिक शुल्क निर्धारण गरिएको एकेडेमीले जनाएको छ । हरेक हप्ताको सोमबार, बिहीवार र शनिबार गरि ३ दिनसम्म बिहान पौने ६ बजेदेखि ८ बजेसम्म नियमित प्रशक्षिण प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

भर्नाका लागी जन्म दर्ता र शैक्षिक योग्यताको एक प्रती फोटोकपी अनिवार्य पेस गर्न समेत आह्वान गरिएको छ । अहिले एकेडेमीमा १ सय भन्दा धेरै बालबालिकाहरुले फुटबलको प्रशिक्षण लिईरहेका छन् ।

About Milan Shahi

Check Also

पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल शुरु

पोखरा रंगशालामा शनिबार देखि बीरबहादुर जि.सी स्मृति अन्तर कर्पोरेट सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु …

पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल साउन २१ देखि हुने

नेपाल सेभेन ए साइड फुटबल फेडेरेसनको आयोजनामा पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल साउन २१ देखि …

Leave a Reply