Home » अन्तर्राष्ट्रिय फुटबल » मैदानमा फुटबल खेल्दा खेल्दै किन मृत्यु हुन्छ खेलाडीको ?

मैदानमा फुटबल खेल्दा खेल्दै किन मृत्यु हुन्छ खेलाडीको ?

केही समय अघि अफ्रिकी देश कोटे डे आइभरीका फुटबलर शेक टिओटेको प्रशिक्षणको क्रममा मैदानमा नै मृत्यु भयो । उक्त दुर्घटना चीनमा भयो ।

खेलको दुनियाँमा उक्त घटनाले सबैलाई स्तब्ध तुल्यायो । उक्त दुर्घटनाले एक ठूलो प्रश्न खडा गरिदिएको छ ।

प्रश्न यो छ कि के अन्य खेलाडीका तुलनामा अफ्रिकी खेलाडीको मैदानमा मृत्यु हुने आशंका बढि हुन्छ ?

बीबीसीको जोर्डन डनबारले यो प्रश्नको जवाफ खोज्ने कोसिस गरे ।

बीबीसी रेडियोमा उनले आफ्नो कार्यक्रम ‘मोर अर लेस’ मा सहयोगी शार्लोट म्याकडोनाल्डसँग मिलेर केही आँकडा र अन्य केही जानकारसँग यस’bout कुराकानी गरे ।

पछिल्ला केही वर्षमा केही खेलाडीको फुटबल खेल्ने बेला मैदानमा मृत्यु भएका केही घटना सार्वजनिक भइरहेका छन् ।

फुटबल खेल्ने बेला मृत्युः

यीमध्ये धेरैजसो चर्चित घटनामा अफ्रिकी खेलाडीको नाम संलग्न छ । उदाहरणका लागि क्यामरुनका मार्क विवियन फो, जसको खेल्दा खेल्दै मृत्यु भएको थियो ।

यस्तै कंगोका फेब्रिस मुआम्बा, उनको पनि मैदानमा नै हृदयघात भएको थियो तर उनको ज्यान भने बचेको छ ।

यद्यपी, अहिलेसम्म कतिजनाको खेल्दा खेल्दै मृत्यु भयो भन्ने कुराको कुनै आधिकारिक आँकडा भने छैन ।

त्यसकारण जोर्डन डनबार र शार्लोट म्याकडोनल्डले यस’bout विकिपेडियाबाट आँकडा निकालेका छन् ।

यी आँकडामा ती मानिसहरुको नाम देखियो जसको खेलको क्रममा वा तालिमको क्रममा मृत्यु भएको थियो ।

१० वर्षमा ६४ को मृत्युः

ग्लोबल स्पोर्टस स्ट्याटिस्टिक्सका रोबर्ट म्यास्ट्रोडोमेनिकोले यो आँकडाको मद्दत लिएर केही कुरा बताएका छन् ।

उनका अनुसार पछिल्लो १० वर्षमा करिब ६४ फुटबल खेलाडीको मैदानमा मृत्यु भएको छ । यद्यपी, यी खेलाडी कुन देशका थिए, त्यो पत्ता लगाउन भने मुश्किल थियो ।

अर्थात्, जुन आँकडा उपलब्ध छन् त्यसको आधारमा प्रश्नको ठोस् जवाफ हाँसिल गर्न मुश्किल नै छ । तर यसमार्फत केही महत्वपूर्ण कुराहरु भने सार्वजनिक भएका छन् ।

पछिल्लो १० वर्षमा जुन ६४ खेलाडीको मैदानमा मृत्यु भयो तीमध्ये २६ खेलाडी अफ्रिकी देशका थिए ।

अर्थात्, मैदानमा ज्यान गुमाउने कूल खेलाडीमध्ये ४० प्रतिशत अफ्रिकी देशका थिए ।

हुन त धेरैजसो अफ्रिकी देशका खेलाडी यूरोप, अमेरिका वा ल्याटिन अमेरिकी देशको क्लबमा फुटबल खेल्छन् । यस्तोमा यी आँकडा निकै सहयोगी देखिएन ।

हृदयघातका कारण मृत्यु हुने आशंकाः

तर यसका केही संकेत भने भेटिन्छन् । फिफाका अनुसार संसारभरी करिब २६ करोड पचास लाख मानिस टीममा फुटबल खेल्छन् । यीमध्ये १७ प्रतिशत अफ्रिकी छन् ।

अर्थात्, संसारभरी फुटबल खेल्ने मानिसहरुमा अफ्रिकी खेलाडी १७ प्रतिशत छन् भने मैदानमा मृत्यु हुने खेलाडीमा ४० प्रतिशत अफ्रिकी थिए ।

धेरैजसो खेलाडीको मृत्यु हृदयघातका कारण भयो । पछिल्लो १० वर्षमा जुन २६ अफ्रिकी खेलाडीको मृत्यु भयो तीमध्ये २५ को मृत्यु हृदयघातका कारण भयो ।

त्यसो भए के अफ्रिकी खेलाडीलाई हृदयघातको आशंका धेरै हुन्छ ? बीबीसीले यस’bout बेलायतमा हृदयघातका स्पेशलिष्ट संजय शर्मासँग कुरा गरे ।

उनका अनुसार अमेरिकामा बास्केटबलका खेलाडीलाई अचानक हृदयघात हुने धेरैजसो घटना अफ्रिकी मूलका खेलाडीलाई भयो ।

संजय शर्माका अनुसार श्वेत खेलाडीलाई अश्वेत खेलाडीको तुलनामा खेलको क्रममा हृदयघातको सम्भावना कम हुन्छ र बास्केटबलमा मात्र यस्तो हुँदैन ।

खेलाडीमाथि अनुसन्धानः

अमेरिकाको नेशनल कलेजिएट एथलेटिक एसोसिएशनको आँकडा अनुसार मैदानमा हृदयघात हुने खतरा ४८ हजारमध्ये एक खेलाडीलाई हुने गर्दछ ।

तर जब अफ्रिकी मूलका खेलाडीसँग भएको घटनालाई केलाउने हो भने १८ हजारमध्ये एक खेलाडीसँग यस्तो हुने खतरा छ ।

प्राध्यापक संजय शर्माका अनुसार ब्रिटेनमा फुटबल एसोसिएशनले युवा खेलाडीमाथि यस’bout अनुसन्धान गरेको छ ।

अनुसन्धानका अनुसार श्वेत खेलाडीमा २५ हजारमध्ये एकलाई मैदानमा हृदयघातको डर हुन्छ ।

यस्तै अश्वेत खेलाडीमा हरेक ४ हजार खेलाडीमध्ये कुनै एकलाई मैदानमा हृदयघातको डर हुन्छ ।

अर्थात् श्वेत खेलाडीको तुलनामा अश्वेत खेलाडीलाई मैदानमा हृदयघात हुने आशंका ६ गुणा बढि हुन्छ ।

रक्तचाप बढ्नुः

प्राफेसर संजय शर्माको भनाई अनुसार अफ्रिकी खेलाडीको मैदानमा किन धेरै मृत्यु हुन्छ भन्ने कारण स्पष्ट छैन ।

उनका अनुसार अफ्रिकी खेलाडीको हृदयको बायाँ तर्फको भाग अलि मोटो हुन्छ जसका कारण उनीहरुलाई धेरै हृदयघात हुन्छ ।

प्राध्यापक संजय शर्माका अनुसार अभ्यास वा खेलका क्रममा रक्तचाप बढ्ने गर्दछ जसका कारण हृदयघात पनि हुने डर हुन्छ ।

प्राध्यापक शर्माको धेरैजसो अनुसन्धान अमेरिका र बेलायतमा खेल्ने अश्वेत खेलाडीमाथि भएको छ ।

(बीबीसी / रातोपाटी)

About Milan Shahi

Check Also

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित, मड्रिडलाई गम्भीर धक्का

स्पेनिस लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड आफ्नो घरेलु मैदान बर्नाबेउमा …

नेपाल यु १६ एसिया कप छनौटमा इराकसँग पराजित

एएफसी यू–१६ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘डी’ को छनोट प्रतियोगिता आज देखि काठमाडौंमा सुरु भएको …

Leave a Reply