Home » अन्तर्राष्ट्रिय फुटबल » म्यानचेस्टर सिटी र आर्सनलको जित

म्यानचेस्टर सिटी र आर्सनलको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी र आर्सनलले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कामय राखेका छन् । लिग अन्तर्गत राति भएको खेलमा म्यानचेस्टर सिटीले साबिक विजेता लेस्टर सिटीलाई २–१ ले हराएको हो । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा सिटीलाई जिताउन डेविड सिल्भा र गाब्रियल डी जिससले गोल गरे । लेस्टरका लागि शिन्जी ओकाजाकीले गोल गरे ।

अर्को खेलमा आर्सनलले स्टोक सिटीलाई ४–१ ले हरायो । आसर्नलको जितमा ओलिभर जिरउडले दुई तथा मेसुट ओजिल र एलेक्स सान्चेजले एक एक गोल गरे । स्टोक सिटीका लागि क्रोउचले एक गोल फर्काए । जितपछि तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको लिगका दुई खेल बाँकी हुँदा ७२ अंक भएको छ । चौंथो स्थानको लिभरपुलको ७० अंक छ । पाँचौं स्थानमा रहेको आर्सनलको ६९ अंक भएको छ । राति भएका अरु खेलमा बोर्नमाउथले बर्नली तथा साउथह्याम्पटनले मिडल्सबर्गलाई समान २–१ तथा स्वान्सी सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो । (उज्यालो)

About Milan Shahi

Check Also

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित, मड्रिडलाई गम्भीर धक्का

स्पेनिस लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड आफ्नो घरेलु मैदान बर्नाबेउमा …

नेपाल यु १६ एसिया कप छनौटमा इराकसँग पराजित

एएफसी यू–१६ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘डी’ को छनोट प्रतियोगिता आज देखि काठमाडौंमा सुरु भएको …

Leave a Reply