Home » अन्तर्राष्ट्रिय फुटबल » स्वारेजको व्यक्तिगत २ गोलमा बार्सिलोना ३–० ले विजयी

स्वारेजको व्यक्तिगत २ गोलमा बार्सिलोना ३–० ले विजयी

जारी स्पेनिस लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना जितमा जित निकाल्दै शीर्ष स्थानमा कायम रहन सफल भएको छ । बार्सिलोनाको जित संगै ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एक अर्कालाई दबाब दिँदै आएका छन् । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा इभान रेकिटिकले एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्‍यो । ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७६ औं मिनेटमा रेकिटिकले बार्सिलोनाको अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो । यो खेलमा मेस्सीले भने गोल गर्न सकेनन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८१ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको पनि ८१ अंक नै छ । बार्सिलोनाले अब लिगका तीन खेल खेल्न बाँकी छ । बार्सिलोनाले अब लिगमा भिल्लारियल, लास पालमस र एइबरसँग खेल्न बाँकी छ ।

About Kiran Shahi

Check Also

चेल्सी दुई खेल अघि प्रिमियर लिग च्याम्पियन

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा …

रियल मड्रिड र युभेन्टसको च्याम्पियन्स लिग इतिहास

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको …

Leave a Reply