Home » अन्तर्राष्ट्रिय फुटबल » स्पेनिस ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बन्दै

स्पेनिस ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बन्दै

स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । लिग अन्तर्गत आइतबार राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–१ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले एक एक गोल गरे । रोनाल्डोले २३ र ७८ औं मिनेटमा गरी दुई गोल गरे । नाचोले १० औं तथा क्रसले ८४ औं मिनेटमा गोल गरेका हुन् । सेभिल्लाका लागि जोभेटिकले ४९ औं मिनेटमा एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियलको लिगका दुई खेल बाँकी हुँदा ८७ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । रियल अहिले दोस्रो स्थानमा छ । राति भएका अरु खेलमा एथ्लेटिको मड्रिड र रियल बेटिस तथा एथ्लेटिको बिल्बाओ र लेगानेसले १–१ को बराबरी खेले । यस्तै रियल सोसिडाड र मालागाले २–२ तथा भिल्लारियल र डिप्रोटिभो डी लाकोरुनाले गोल रहित बराबरी खेलेका छन् ।

About Kiran Shahi

Check Also

विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला

काठमाडौं । आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि …

रोनाल्डो भन्छन ‘रियलसँग नयाँ करार गर्दिन’

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसँग सुधारिएको नयाँ करार नगर्ने बताएका छन् । च्याम्पियन्स लिगमा …

Leave a Reply