Home » अन्तर्राष्ट्रिय फुटबल » सात गोल गर्दै बार्सिलोनाले शानदार जित हात पर्यो

सात गोल गर्दै बार्सिलोनाले शानदार जित हात पर्यो

जित संगै बार्सिलोना स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ओसासुनाका लागि टोर्रेसले एक गोल फर्काए । १२ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३० औं मिनेटमा गोमेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ४८ औं मिनेटमा टोरेसले ओसासुनाका लागि एक गोल फर्काए । ५७ औं मिनेटमा गोमेज तथा ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ४–१ मा पुग्यो । ६४ औं मिनेटमा अलकेसर तथा ६७ औं मिनेटमा पाएको पेनाल्टीमा मास्चेरानोले गोल गरेपछि बार्सिलोनाले ६–१ अग्रता लियो । ८६ औं मिनेटमा अलकेसरले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ७–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलबाट ७८ अंक भएको छ । समान ७८ अंक नै भएको दोस्रो स्थानको रियल मड्रिडले एक खेल कम खेलेको छ ।

About Kiran Shahi

Check Also

चेल्सी दुई खेल अघि प्रिमियर लिग च्याम्पियन

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा …

रियल मड्रिड र युभेन्टसको च्याम्पियन्स लिग इतिहास

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको …

Leave a Reply