Home » अन्तर्राष्ट्रिय फुटबल » विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार

विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार

च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् ।

पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ ।

रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई टिममेटले मात्र होइन, विपक्षी टिमका खेलाडीहरुले पनि सहानुभूति दिए ।

तर, नेयमारको आँसु थामिएन । उनी बार्सिलोनाबाट युभेन्टस गएका ब्राजिलियन डिफेण्डर ड्यानी अल्भेसको काँधमा टाउको राखेर रोएका थिए ।

विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार
विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार

 

About Kiran Shahi

Check Also

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित, मड्रिडलाई गम्भीर धक्का

स्पेनिस लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड आफ्नो घरेलु मैदान बर्नाबेउमा …

नेपाल यु १६ एसिया कप छनौटमा इराकसँग पराजित

एएफसी यू–१६ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘डी’ को छनोट प्रतियोगिता आज देखि काठमाडौंमा सुरु भएको …

Leave a Reply