Home » प्रिमियर लिग » वाट्फोर्ड बिरुद म्यानचेस्टर सिटीको ६–० को शानदार जित,सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

वाट्फोर्ड बिरुद म्यानचेस्टर सिटीको ६–० को शानदार जित,सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको वाट्फोर्ड र म्यानचेस्टर सिटी बीचको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ६–० ले हराउदै शानदार जित निकालेको छ। जित संगै सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

म्यानचेस्टर सिटीको सर्जियो अग्युरोले ह्याट्रिक गरे भने गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक एक गोल गरेका थिए । २७ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । ३१ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो तथा ३७ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ६३ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै अग्रता ४–० मा पुर्‍याए । ८१ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा स्ट्रर्लिङले गोल गरेपछि सिटी ६–० ले विजयी भयो । यो खेलमा ६ गोल गरेको सिटीले पछिल्ला तीन खेलमा समग्रमा १५ गोल गरेको छ । यो खेलमा ह्याट्रिक गरेका अग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्ने तरखरमा छन् ।

सन् २०११ मा सिटी आएका अग्युरोले अहिलेसम्म एक सय ७५ गोल गरेका छन् । एक सय ७७ गोल गर्ने एरिक ब्रुक सिटीका सर्वाधिक गोलकर्ता हुन् । जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ ।

About Kiran Shahi

Check Also

Man City return to winning ways with a comprehensive 4-0 win over Bournemouth

Kevin de Bruyne starred on his return after two months out as Manchester City reinvigorated …

Arsenal’s comfortable victory over Watford

Arsenal kept their faint hopes of the Premier League title alive with an easy (4-0) …

Leave a Reply