Home » अन्तर्राष्ट्रिय फुटबल » युरोपका टप पाँच लिगमा धेरै गोल गर्ने खेलाडी रोनाल्डो

युरोपका टप पाँच लिगमा धेरै गोल गर्ने खेलाडी रोनाल्डो

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । ला लिगा अन्तर्गत बुधबार राति सेल्टा डी भिगोसँगको खेलमा रोनाल्डोले दुई गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।

यो खेलमा दुई गोल गरेका रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले इंग्लिस प्रिमियर लिग र ला लिगामा गरी ३६७ गोल गरेर युरोपका शीर्ष पाँच लिग मध्ये सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

उनले सन् १९७१ मा इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । चेल्सी, एसी मिलान, टोटनह्याम तथा वेष्ट ह्यामका पूर्व स्ट्राइकर जिम्मी ग्रेएभेसले लिगमा ३६६ गोल गरेका थिए ।

सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा ३६५ गोल गरेका बार्यन म्युनिखका गेर्ड मुलर छन् । ३४६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी चौथो स्थानमा छन् ।

साभार: उजाय्लो

About Kiran Shahi

Check Also

रियल मड्रिड र युभेन्टसको च्याम्पियन्स लिग इतिहास

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको …

मैदानमा युद्ध परिणत भएको खेलमा म्यानचेस्टर बराबरीमा रोकियो

म्यानचेस्टर युनाइटेड तनावपूर्ण खेलमा स्पेनिस प्रतिद्वन्दी सेल्टा भिगोसँग १–१ गोलले रोकिए पनि युरोपा लिगको फाइनलमा …

Leave a Reply