Home » राष्ट्रिय फुटबल » यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित भएको छ। तीन वटै गोल नेपालले पेनाल्टीमा खाएको हो। खेल हुनु नेपालका प्रशिक्षक योतुकु कोजीले ताजिकिस्तानबाट ३ अंक जोडेर फर्कन बताएका थिए। तर नेपाल ३ गोल खाएर फर्कने भएको छ।

कसरी बिग्रियो त नेपालको खेल अनि कसरी खायो तीन गोल? यी हुन् नेपालले ताजिकिस्तान विरुद्ध गरेका गल्तीहरु, जसले खेल गुमाउनुका साथै एएफसी एसियन कपमा छनोट हुने सम्भावना समेत सकियो।

तीन पेनाल्टी गोल

दुर्भाग्य नै मान्नु पर्छ नेपालले खाएका तीन वटै गोल पेनाल्टीमा सम्भव भएको थियो। पहिलो र दोस्रो पेनाल्टी पाउनुमा डिफेण्डर अनन्त तामाङको गल्ती थियो भने तेस्रो पेनाल्टीका लागि अर्का डिफेण्डर आदित्य चौधरीले गल्ती गरे।

१९औँ मिनेटमा ताजिकिस्तानका खेलाडीले प्रहार गरेको बल डि एरियामा रहेका अनन्त तामाङको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। यस्तै ६०औँ मिनेटमा नेपाली डिफेण्डर बीच तालमेल नमिल्दा अनन्तले नै ताजक खेलाडीलाई डि एरियामा फल गरे। अन्तिम पेनाल्टी पाउनुमा आदित्यको कमजोरी रह्यो।

कमजोर रणनीति

कुनै पनि खेलको लागि प्रशिक्षकले योजना बनाउने गर्छ र उसले ए, बी, सी प्लान बनाएको हुन्छ र बनाउनु पनि पर्छ। तर नेपालले ताजिकिस्तानसँग अहिले खेल्दै आएको भन्दा फरक फर्मेशन खेल्यो। तर त्यसलाई राम्रोसँग लागू गर्न सकेन। प्रशिक्षक कोजीले कप्तान तथा डिफेण्डर विराज महर्जनलाई बेन्चमा राख्दै ३-४-३ को फर्मेशनमा नेपाली टोलीलाई मैदान उतारेका थिए, जसले गर्दा कतीपय खेलाडीले आफ्नो स्वभाविक प्रदर्शन समेत देखाउन सकेनन्। यस्तै यसले गर्दा केही खेलाडीले आफ्नो पोजिसनमा समेत खेल्न पाएनन् र नेपालको प्रदर्शन सोचेजस्तो हुन सकेन।
फरक शैलीमा खेल्दा नेपालले पूरा ९० मिनेट त्यही शैली लागू गर्न सकेन। यस्तो अवस्थामा प्रशिक्षकले मैदानमै फर्मेशन परिवर्तन गर्न सक्छ। तर नेपालका प्रशिक्षक कोजीले अर्को प्लान लागू गर्न सकेनन्।

गोल गर्न नसक्नु

घरेलु मैदानमा ताजिकिस्तानविरुद्ध डेब्यु गरेका जर्ज प्रिन्स कार्की, विमल घर्ती मगर अन्जन विष्टलाई कोजीले फ्रन्टलाइनमा खेलाएका थिए। पहिलो हाफमा नेपालले विपक्षीको पोष्टमा आक्रमण गर्न सकेन। दोस्रो हाफमा कोजलीले जर्जप्रिन्सको स्थानमा फरवार्ड नवयुग श्रेष्ठलाई मैदान पठाएका थिए। नवयुग मैदान छिर्ने बित्तिकै नेपालले केही राम्रो मुभ बनाउँदै गोलका अवसर समेत बनाएका थिए। तर नेपालको पुरानै कमजोरी- पाएको अवसरलाई यस पटक पनि गोलमा परिणत गर्न सकेन।

(गोविन्दराज नेपाल र पहिलोपोस्टको सहयोगमा)

About Milan Shahi

Check Also

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् …

फेरी हार्यो नेपाल्

एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग हार व्यहोरेको छ ।हारसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा …

Leave a Reply