Home » अन्तर्राष्ट्रिय फुटबल » मेस्सीलाई म्यानचेष्टर सिटीले मोटो रकम खर्चन तयार

मेस्सीलाई म्यानचेष्टर सिटीले मोटो रकम खर्चन तयार

स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाईक्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् 

Messi

बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ  क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भनेनयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्  म्याड्रिडको ‘एस पत्रिकाका अनुसार सिटीले मेस्सीलाई अर्काे ट्रान्सफरमा ३५८ मिलियनपाउण्ड खर्चन तयार रहेको उल्लेख गरिएको  

स्रोतका अनुसार सिटीले मेस्सीसँग बराम्बर छलफल भैरहेको  छलफल सकरात्मक भैरहेको बताइएको   यदि मेस्सी सिटीमाअनुबन्ध भए बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला  मेस्सीको पुर्नमिलन हुनेछ  पेप ग्वार्डिओलाले चारवर्ष अघि बार्सिलोनाछाडेका थिए 

बार्सिलोनका अध्यक्ष जोसेफ मारिया बार्टाेमेउले बार्सिलोनामा मेस्सीसँग यसअघि नै नयाँ सम्झौताको लागि सम्पूर्ण प्रक्रिया पूराभैसकेको बताउदै आफ्नो समर्थकहरुलाई मेस्सी बार्सिलोनामै रहि रहनेमा ढुक्क हुन आग्रह गरेका छन् 

बार्सिलोनाले यसै समर ट्रान्सफरमा आफ्ना मुख्य खेलाडी नेयमारलाई गुमाइसकेको थियो  नेयमार विश्व कीर्तिमानी मुल्य १९८मिलयन पाउण्डमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीमा गत अगस्टमा अनुबन्ध भएका थिए 

मेस्सी अहिले सन् २०१८ मा रुसमा हुने रसिया विश्वकप अन्र्तगतको दक्षिण अमेरिकी क्षेत्रको छनोट चरणको खेलमा व्यस्त छन् मेस्सी कप्तानीमा रहेको अर्जेन्टिनाले बुधबार बिहान ‘गर या मर’ को अवस्थामा इक्वेडरसँग छनोट चरणको अन्तिम खेल खेल्दैछ उक्त खेलमा जित हात पारे अर्जेन्टिनाले कम्तीमा पनि प्ले अफमा स्थान बनाउनेछ  इक्वेडरसँग बराबरी या कोलम्बिया  पेरुकोखेलमा कुनै एक टिमले जित हात पारेमा पनि अर्जेन्टिनाको प्ले अफ सम्भावना जीवितै रहनेछ  इक्वेडरसँग हार या बराबरी तथाकोलम्बिया  पेरुले बराबरी खेल अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ 

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना तालिकाको छैटौं स्थान अर्थात प्लेअफ भन्दा एक स्थान तल रहेको   यस क्षेत्रबाट शीर्षस्थानमा रहने चार टिमले सोझै विश्वकपमा स्थान बनाउनेछ भने पाँचौ हुने टिमले प्ले अफ खेल्नुपर्ने हुन्छ 

(हाम्रो खेलकुदको सहयोगमा)

About Milan Shahi

Check Also

उत्तर कोरियाली फुटबल खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

एजेन्सी । अस्ट्रेलियाले उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको …

भारत एसियन कपमा छनोट

कप्तान सुनिल क्षेत्रीको कप्तानीमा भारतले ४–१ गोलले मकाउलाई पराजित गर्दै चौथो पल्ट एएफसी एसिया कप …

Leave a Reply