Home » अन्तर्राष्ट्रिय फुटबल » मेस्सीको प्रदर्शनको कभरेज अत्याधिक गरेकामा क्रिष्टियानो रोनाल्डो बेखुशी

मेस्सीको प्रदर्शनको कभरेज अत्याधिक गरेकामा क्रिष्टियानो रोनाल्डो बेखुशी

सन् २०१८मा आयोजना हुने विश्वकपको छनौट खेल अन्तर्गत गएको बुधबार भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले गरेको प्रदर्शनको कभरेज अत्याधिक गरेकामा क्रिष्टियानो रोनाल्डो बेखुशी रहेको खबर आएको छ ।

मेस्सीको प्रदर्शनको कभरेज अत्याधिक गरेकामा क्रिष्टियानो रोनाल्डो बेखुशी
मेस्सीको प्रदर्शनको कभरेज अत्याधिक गरेकामा क्रिष्टियानो रोनाल्डो बेखुशी

विश्वकपमा छनौट नहुने चुनौतिमा रहेको अर्जेन्टिनाका लागि बुधबार भएको इक्वेडरसँगको खेलमा मेस्सीले ह्याट्रिक गर्दै विश्वकप यात्रा तय गरेका थिए । मेस्सीको बलबुतामा अर्जेन्टिनाले विश्वकप यात्रा यत गर्न सफल भएको भन्दै विश्वभरका सञ्चारमाध्यमले खबर सम्प्रेशण गरेका थिए । तर रोनाल्डो भने मेस्सीलाई बढी स्थान दिइएको भन्दै निराश रहेको दाबी गरिएको छ । अर्जेन्टिनी मिडियालाई उद्धृत गर्दै डाएरियो गोलले मेस्सीलाई दिइएको प्राथमिकताबाट रोनाल्डो बेखुशी रहेको दाबी गरेको हो । रोनाल्डोको टिम पोर्चुगल पनि विश्वकपका लागि छनौट भइसकेको छ । दुवै खेलाडी अब पहिलो विश्वकप उपाधिका लागि रुसमा प्रतिस्पर्धा गर्नेछन् । विश्वकप २०१८ को छनौट खेलमा रोनाल्डोले पोर्चुगलबाट ९ खेलमा १५ गोल गरे भने दुई गोलका लागि सहयोग गरे । यस्तै मेस्सीले अर्जेन्टिनाका लागि १० खेलमा सात गोल गरे र दुई गोलका लागि सहयोग गरे ।

ujyaaloonline बाट

About Kiran Shahi

Check Also

विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला

काठमाडौं । आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि …

रोनाल्डो भन्छन ‘रियलसँग नयाँ करार गर्दिन’

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसँग सुधारिएको नयाँ करार नगर्ने बताएका छन् । च्याम्पियन्स लिगमा …

Leave a Reply