Home » राष्ट्रिय फुटबल » मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला – विकेश कुथु

मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला – विकेश कुथु

मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला - विकेश कुथु
मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला – विकेश कुथु

नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका विमल घर्तीमगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, विक्रम लामा, अनन्त तामाङ, भरत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठूलो टुंडिखेल चाखिसके । फाइनलिष्ट बनेका रमपम झापा ११ का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लवका भरत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन् । कर्णको सशक्त प्रहारसँग चिरपरिचित विकेश कुथुको भने इलाममा छुट्टै चर्चा छ । २३ बर्षपछि पहिलोपटक नेपाललाई अन्तराष्ट्रिय उपाधि जिताउने बंगबन्धु गोल्डकप प्रतियोगितामा उनै इलामेली नवयुग श्रेष्ठ र विकेश कुथुको जोडी जमेको थियो । भटाभट गोल गर्ने हिरो नवयुग थिए भने धमाधम गोल सेभ गर्ने विकेश थिए । विकेश र नवयुग दुवै त्रिभुवन आर्मीका खेलाडी हुन् र दुवै रुमपार्टनर पनि । संयोगवश नवयुगकै गृह जिल्लामा खेल खेल्न आउदा टिममा नवयुग छैनन् । विकेश भन्छन्, ‘नवयुगलाई धेरै मिस गरेको छु ।’ यतिवेला नवयुग इन्जर्ड त छदै छन्, एनआरएन अष्ट्रेलियाकोे सम्मान ग्रहण गर्न उनी यतिवेला अष्ट्रेलिया पुगेका छन् ।

मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला - विकेश कुथु
मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला – विकेश कुथु

सिन्धुपाल्चोकको बाह्रविसेमा विरेन्द्र र मिना कुथुले २४ बर्ष पहिले विकेशलाई धरतीमा लोकार्पण गर्दा त्यो जोडीले कल्पना पनि गरेको थिएन, एक दिन विकेशले देशकै नाम राख्नेछ भनेर । व्यापारीक पृष्ठभुमिका कुथु परिवारको खेल लगाव उत्तिकै थियो । विकेशका दाई विएम पनि राष्ट्रिय टीमबाट खेल खेलिसकेका छन् भने उनका निनी रुपा कुथु कुनै समयमा राष्ट्रिय खेलाडी थिए । बाह्रविसेमै उच्च शिक्षा पुरा गरेर काठमाण्डौ खाल्डोमा भविष्य खोज्न पुगेका विकेशलाई उतिनै वेला अमेरिका हानिने सोच आयो । साथी समिन महतको सल्लाह र सहयोगले उनी अमेरिका सपना त्यागेर सरस्वती क्लबसंग अनुबन्धित भए । सरस्वती पछि हिमालयन शेर्पा हुदै उपेन्द्रमान सिंहको प्रेरणा र सहयोगले मध्यपुर ठिमी हुदै राष्ट्रिय टिममा २०६८ सालमा डेब्यु गरे ।

कक्षामा सबैभन्दा अग्लो भएकोले गोलरक्षक बस्न साथीहरुले दिएको दवावले नै उनलाई गोलरक्षक बनाएको चाखलाग्दो कथा विकेश सुनाउँछन् । फुटबलका फ्यानहरुनै खेलको १२ औं खेलाडी भएको बताउदै कुथुले भने, ‘अरु खेलाडीले फ्यानलाई कस्तो रेस्पोन्स गर्नुहुन्छ थाहा छैन, तर म सामाजिक सञ्जालहरुमा सबैलाई रेस्पोन्स गर्छु । फ्यान नै नभए हामी कहाँबाट खेलाडी र ।’ खेल सकिनेवित्तिकै विकेश ’round झुम्मिने भीडले यसबर्ष विकेशको चर्चा पुष्टि गरिरहेको छ । पुरुष भन्दा पनि धेरै महिला फ्यानहरुले घेरिएपनि चकलेटी हिरो विकेश फ्ल्र्ट गर्नेहरुलाई शुरुमै भन्ने गरेका छन्, ‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला ।’

-चियाबारी दैनिक

About Kiran Shahi

Check Also

लिग नहुँदा राष्ट्रिय टोली निर्माणमा खेलाडी अभाव

तीन वर्ष लगातार देशमा लिग फुटबल नहुँदा राष्ट्रिय टोलीमा प्रवेश पाउने महत्वपूर्ण खुड्किलो मानिने २३ …

नेपालले सन २०१८ मा साफ फूटबल आयोजना गर्ने

अखिल नेपाल फूटबल संघ (एन्फा)ले बताएअनुसार एन्फाले सन २०१८ को महिला साफ च्याम्पियनसिप आयोजना गर्ने …

Leave a Reply