Home » ब्रेकिङ न्युज » मलेसियासंग २ मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली मलेसिया प्रस्थान

मलेसियासंग २ मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली मलेसिया प्रस्थान

मलेसियाको सबाह स्टेटको कोटा किनाब्लुमा यहि जेठ ८ र १० गते आयोजना हुने खेलमा सहभागी हुन २८ सदस्यीय नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको हो।

मलेसियासंग २ मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली मलेसिया प्रस्थान
मलेसियासंग २ मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली मलेसिया प्रस्थान

मलेसिया संग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि कुमार थापाको प्रशिक्षणमा २० सदस्य नेपाली महिला टोलीको त्यसतर्फ लागेका हुन् । मलेसिया जाने नेपाली महिला टोलीलाई शुक्रबार अपरान्ह अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । नेपाली टोलीलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले जितको शुभकामना दिँदै एक कार्यक्रमका बीच बिदाइ गरेका थिए ।

नेपाली महिला टोलीले जेठ ८ र १० गतेका मलेसियासँग कोटा किनाबालु, सबावमा मैदानमा २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । साउथ इस्ट एसियन खेलका तयारीमा रहेको मलेसियाले त्यसको तयारी स्वरूप नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साउथ इस्ट एसियन खेल मलेसियामै अगस्ट १५ देखि ३० सम्म आयोजना हँुदैछ । यस्तै नेपालले यस मैत्रीपूर्ण खेललाई महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ । यसअघि नेपाल गत वर्षको पुसमा मलेसियासँगको मैत्रीपूर्ण खेलमा १ – ० ले पराजित भएको थियो ।

मलेसियासँग जाने नेपाली टोलीमा गत डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा रहेका खेलाडीमध्ये एक खेलाडीमात्र परिवर्तन गरिएको छ ।

प्रशिक्षक थापाले यस पटक साफ खेलेकी आर्मी क्लबकी दिपा अधिकारीलाई टिममा राखेका छैनन्  । तर, चोटका कारण पछिल्लो १ वर्षदेखि टोलीमा नरहेका मिडफिल्डर सजना रानाले टोलीमा पुनरागमन गरेकी छिन् ।

About Kiran Shahi

Check Also

आश्विन ५ देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता हुने

आश्विन ५ देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। …

दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित। तस्बिर: onlinekhabar

दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित

आज देखि झापाको दुधेमा प्रथम टुवोर्ग दुधे गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत …

Leave a Reply