Home » अन्तर्राष्ट्रिय फुटबल » बार्सिलोनाले एट्लेटिको म्याड्रिड संग बराबरी खेल्यो

बार्सिलोनाले एट्लेटिको म्याड्रिड संग बराबरी खेल्यो

स्पेनिस लिगा ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिड संग बराबरी खेलेको छ। यो खेल संगै बार्सिलोनाको विजयी यात्रा टुंगिएको छ भने अपराजित यात्रा कायमै रहेको छ ।

सिजनको सुरुको सात खेलमा जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेको क्याटलान क्लब बार्सिलोना शनिबार राति भएको खेलमा भने एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा २१ औं मिनेटमा साउल निगुएजको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लियो । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि लुइस स्वारेजले ८२ औं मिनेटमा बराबरी गोल फर्काएर हारबाट जोगाए । स्वारेजले यो सिजन ला लिगामा तीन गोल गरेका छन् । लियोनल मेस्सीले दोस्रो हाफको सुरुमा फ्रि–किक मार्फत प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो । क्याटलान क्लब बार्सिलोनाको अक्टोबर १ मा क्याटालोनियामा भएको विवादास्पद जनमतसंग्रह पछि पहिलो राजधानी भ्रमण हो । मड्रिडमा धेरै एथ्लेटिकोका फ्यानले स्पेनको झण्डा देखाएका थिए । स्पेनमा क्याटालोनियाको स्वतन्त्रता सम्बन्धी विवाद उत्कर्षमा पुगेको छ ।

About Kiran Shahi

Check Also

विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला

काठमाडौं । आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि …

रोनाल्डो भन्छन ‘रियलसँग नयाँ करार गर्दिन’

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसँग सुधारिएको नयाँ करार नगर्ने बताएका छन् । च्याम्पियन्स लिगमा …

Leave a Reply