Home » युरोप » बार्सिलोनाबाट ५ सय गोल गर्दै मेसीले नयाँ कीर्तिमान कायम गरे

बार्सिलोनाबाट ५ सय गोल गर्दै मेसीले नयाँ कीर्तिमान कायम गरे

स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ३–२ ले हराएको हो । १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा इभान रेकिटिकले एक गोल गरे । यो सिजन ला लिगामा ३१ औं गोल गरेका मेस्सीले बार्सिलोनाका लागि बसै प्रतियोगितामा गरेर पाँच सय गोल पूरा गरेका छन् ।

उनले ५ सयमध्ये ला लिगामा मात्र ३ सय ४३ गोल गरेक छन्। यस्तै, च्याम्पियन्स लिगम ९४ र स्पेनिस कपमा ४३ गोल गरेका छन्। अन्य २० गोल अरु प्रतियोगिताबाट गरेका हुन्।

२९ वर्षीय मेसीले म्याड्रिडविरुद्ध ‘अल क्लासिको’ भिडन्तमा पनि नयाँ आयाम थपेका छन्। उनी ला लिगाअन्तर्गत ‘अल क्लासिको’ भिडन्तमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बन्न पुगेका छन्। यसअघि यो कीर्तिमान रियल म्याड्रिडका महान अर्जेन्टिनी खेलाडी अल्फ्रेडो डि स्टेफानोको नाममा थियो। उनले ला लिगामा बार्सिलोनाविरुद्ध १४ गोल गरेका थिए।

तर, अब स्टेफानोलाई उछिन्दै मेसी शीर्ष स्थानमा पुगेका छन्। मेसीले ला लिगामा म्याड्रिडविरुद्ध गोलको संख्या १६ पुर्याएका छन्। अल क्लासिको भिडन्तमा उनको पुरा गोल संख्या भने २३ पुगेको छ। उनी यो मामिलामा पनि अगाडि छन्। स्टेफानोले १८ गोल गरेका थिए।

मेसीले ‘अल क्लासिको’ भिडन्तमा म्याड्रिडविरुद्ध पहिलो ह्याट्रिक २००७ मा गर्दा उनको उमेर १९ वर्ष थियो।

About Kiran Shahi

Check Also

मेसीलाई उछिन्दै रोनाल्डोले बनाए अद्भूत कीर्तिमान

रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपेली क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो …

समर्थकले पड्काएको धुवाँ बमले इटाली र अल्बानियाबिचको खेल ९ मिनेट रोकियो

विश्वकप २०१८ को छनौट अन्तर्गत इटाली र अल्बानियाबिचको खेलको क्रममा समर्थकले उच्छृङखल गतिविधि गरेका छन् …

Leave a Reply