Home » राष्ट्रिय फुटबल » बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशको २३ वर्षमुनिको टिमसँग हुने मैत्रीपूर्ण फुटबलको सबै तयारी पूरा भएको जनाएको छ । आगामी मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलका लागि सबै तयारी पूरा भएको एन्फाले बुधबार जनाएको हो ।

अहिले २८ जना खेलाडी प्रशिक्षणमा रहेपनि प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेशसँग खेल्ने अन्तिम २३ जनाको नाम टुंगो लगाउने छन् । २३ वर्षमुनिको एशिया कप फुटबलको छनौट खेलको तयारी स्वरुप बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

नेपाल रहेको समूह डीको छनौट खेल १५ दिन पछि युएईमा हुने छ । नेपाल रहेको समूहमा घरेलु टोली युएईसहित उज्वेकिस्तान र लेबनन छन् ।

About Milan Shahi

Check Also

आश्विन ५ देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता हुने

आश्विन ५ देखि धुलिखेल नगर स्तरिय वडा व्यापि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। …

दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित। तस्बिर: onlinekhabar

दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित

आज देखि झापाको दुधेमा प्रथम टुवोर्ग दुधे गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत …

Leave a Reply