Home » राष्ट्रिय फुटबल » फेरी हार्यो नेपाल्

फेरी हार्यो नेपाल्

एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग हार व्यहोरेको छ ।हारसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिएको छ ।

मंगलबार भएको खेलमा घरेलु टोलीले नेपालमाथि ३-० को जित निकालेको हो । ताजकिस्तानले तीनै गोल पेनाल्टीमा गर्‍यो ।

अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ताजकिस्तानले अर्को पेनाल्टी पायो । अनन्तले डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा सहजै गोल गर्दै घरेलु टोलीले अग्रता दोब्बर पार्‍यो ।

८६ औं मिनेटमा ताजकिस्तानले अर्को पेनाल्टी पायो । आदित्य चौधरीको खराब ट्राकल गर्दा पाएको पेनाल्टीमा गोल गर्दै ताजकिस्तानले ३-० को जित निकाल्यो ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।

About Milan Shahi

Check Also

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित …

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् …

Leave a Reply