Home » राष्ट्रिय फुटबल » पोखरा स्र्पोट्स अवार्डको तयारी अन्तिम चरणमा, साउन २१ गते हुने

पोखरा स्र्पोट्स अवार्डको तयारी अन्तिम चरणमा, साउन २१ गते हुने

नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा हुने दोश्रो पोखरा स्र्पोट्स अर्वाडको तयारी अन्तिम चरणमा पुगेको छ । सो वारे जानकारी दिंन पत्रकार सम्मेलनमा मंचले कार्यक्रमलाई भव्य तथा सभ्य वनाउन सवैको अपेक्षा समेत गरेको छ ।

मोफसलका पत्रकारहरु वाट आयोजना हुने पोखरा स्र्पोट्स अर्वाड वृहत कार्यक्रम भएकोले सहयोगका लागि सवै संग अपिल समेत गरिएको छ । गत वर्ष वाट सुरु भएको पोखरा स्र्पोट्स अर्वाडमा यस पटक पूर्व अग्रज खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन ।

वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ्ग  र भलिवलकी अरुणा शाही मनोनयनमा परेका छन । यसै गरि वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डवलका विशाल वस्नेत मनोनयनमा परेका छन ।

वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिवलकी ममता डगौरा, एथलेटिक्सका दर्शना वुढा मगर र सागर नेपाली मनोनयनमा परेका छन । यसै गरि उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुन वहादुर लामा, भारोत्तोलनका  वखतमान श्रेष्ठ र  एथलेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका छन । यसै वर्ष वाट थप गरिएको वर्ष उत्कृष्ट संघ वाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने मंचले जनाएको छ । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्रदान गरिने छ ।

मनोनयनमा परेका तिन जना मध्ये प्रत्येक बिद्या वाट एक–एक जनाले अर्वाड प्राप्त गर्ने छन । महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्य लाई जनही १०–१० हजार नगद र अर्वाड सहित सम्मानित गरिने छ ।

पोखरा स्र्पोट्स अर्वाडलाई लाई दर्जनौ संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको मंचले जनाएको छ । जस मध्ये राष्ट्रिय खेलकुद परिषद, पोखरा लेखनाथ महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती, हिम श्री फुड्स प्राली, नेपाल पत्रकार महसंघ कास्की, नेपाल खेलकुद पत्रकार मंच र नेपाल पर्यटन वोर्डले सहयोग गरेका छन  ।

यसै गरि सहयोग गर्ने अन्य संस्था तथा महानुभावहरुमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल गुरुङ्ग, रेष्ट्रेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, डिटिएच रक ड्रिलिङ्ग प्राली काठमाडौ, मिलन गुरुङ्ग पोखरा, पश्चिमाञ्चल होटल संघ पोखरा, भिजन एण्ड भ्यालु काठमाडौ, हिमालयन कम्पुयुटर पोखरा, राजेन्द्र पाहारी पोखरा, एकता वुक्स पव्लिकेशन हाउस काठमाडौ, इश्वरिय भजन मण्डल सच्चाई केन्द्र पोखरा, पृथ्वी राजमार्ग वस सञ्चालक समिती, हेम वहादुर पुन परिवार पोखरा, सहारा क्लव पोखरा, पोखरा इन्जिनियरिङ्ग कलेज, हिमालयन टे«ड युनिप्स, गण्डकी मेडिकल कलेज, हङ्गकङ्ग व्युटी इन्ष्टिच्युट प्राली तथा क्लारा इन्टरनेशनल व्युटी कलेज एण्ड स्पा महेन्द्रपुल पोखरा, परिचय एडर्भटाइजिङ्ग रहेका छन ।

त्यसै गरि विदेश वाट समेत पोखरा स्र्पोट्स अर्वाडका लागि सहयोग आउने क्रम जारी रहेको मंचले जनाएको छ । विदेश वाट अर्वाडका लागि सहयोग गर्ने संस्थामा सहारा क्लव युके र तमु धी युके रहेका छन भने अन्य समाजसेवीहरु ले समेत सहयोग गर्ने भएका छन  । जसमा गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुछेत्र गुरुङ्ग,  सूर्य गुरुङ्ग (युके), कमल गुरुङ्ग (युके),  गणेश गुरुङ्ग (युके), हितकाजी गुरुङ्ग (युके), मञ्जु गुरुङ्ग (युके), मिन गुरुङ्ग सिक्लेसी (युके) रहेका छन भने वेलायत वाट सहयोग आउने क्रम जारी  छ । जापानका प्रकाश थापाले अर्वाडका लागि सहयोग गर्ने भएका छन ।

पोखरा स्पोंट्स अर्वाडका लागि सामसुङ्ग मोवाइलको डिलर वल्र्ड वाइड कनेक्शन सामसुङ मोबाईलले खेलाडीको हौसला स्वरुप चार जना उत्कृष्टहरुलाई सामसुङ्ग मोवाइल प्रदान गर्ने भएको छ । पोखरा स्र्पोट्स अर्वाडमा पोखरा इको मिनरल वाटरले सहयोग गर्ने  छ  भने सहयोगी होटलका रुपमा फ्लाइ इन खहरे पोखराले सहयोग गर्ने  छ ।

अर्वाडका लागि दर्जनौ खेलकुद संघ संस्थाहरुले समेत सहयोग गर्ने भएको मंचले जनाएको छ । जसमा नेपाल सेभेन ए साइड फुटवल महासंघ, जिल्ला लन टेनिस संघ कास्की, वुल्स म्यान क्लव, कास्की जिल्ला भलिवल संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, कास्की जिल्ला सितेरियो कराते संघ, केम्पोकाइ कराते संघ कास्की, क्युकिशिन कराते संघ कास्की, मोया थाई किक वक्सिङ्ग कास्की, वुदोकाई कराते संघ कास्की, पोखरा वाटर सप्लाई प्राली तथा कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगाएतले सहयोग गर्ने भएका छन् ।

पोखरा स्र्पोट्स अर्वाड साउन २१ गते २ वजे पोखरा सभागृहमा हुने भएको छ । उक्त कार्यक्रमलाई गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नुका साथै अन्य स्थानिय र राष्ट्रिय संचार माध्यमले समेत उत्तिकै प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने भएका छन ।

कार्यक्रममा ख्यातीप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकार गायक प्रमोद खरेल, विनोद वानियाको प्रस्तुती रहनेछ । कार्यक्रममा नृत्य प्रस्तुति, बिबोईङ, जुम्बा डान्स, खेलाडीद्वारा ¥याम्प वाक, खेल तथा राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको खेलकुदका प्रस्तुती समेत रहने मंचले जनाएको छ ।

मंचका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहाकार रमेश पौडेल, मंचका सचिव रन्जन अधिकारीले अर्वाडलाई सफल वनाउन सवैले आ–आफ्नो ठाँउ वाट सक्दो सहयोग गर्न आह्वान गरेका थिए ।

गत वर्ष  सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

About Milan Shahi

Check Also

बिष्णुपादुका फूटबल एकेडेमीमा नयाँ खेलाडी भर्नाका लागि आबेदन खुला

पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ हेमजा स्थित विष्णुपादुका क्लवद्धारा संचालित बिष्णुपादुका फूटबल एकेडेमीमा नयाँ खेलाडी …

पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल शुरु

पोखरा रंगशालामा शनिबार देखि बीरबहादुर जि.सी स्मृति अन्तर कर्पोरेट सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु …

Leave a Reply