Home » राष्ट्रिय फुटबल » पोखरामा सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरामा सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरामा असोजको २३ गतेदेखि २८ गतेसम्म त्रि–शक्ति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। पोखरा सिम्पानीको त्रि–शक्ति समाज सेवा क्लबद्धारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ। खेलकुद गतिविधि अन्तरगत सेभेन ए साइड फुटबल प्रतियोगितालाई क्लबले निरन्तरता दिन लागेको क्लबका अध्यक्ष बासु जि.सी.ले बताए।

पोखरामा सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरामा सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखराको बगरस्ति टुँडीखेल मैदानमा हुने प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने अध्यक्ष जि.सी.ले दावी गरे। प्रतियोगिताको बिजेताले दुई लाख तथा उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा बताइएको छ।

त्यसैगरी, अनुशासित टिम, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताका लागि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारको ब्यवस्था गरिएको खेलकुद संयोजक मिलन गुरुङले बताए।

प्रतियोगितामा करिव ३० टिमले सहभागिता जनाउने अनुमान छ। टिम दर्ताका लागि १० हजार रुपैयाँ लाग्ने बताइएको छ। प्रतियोगिताका लागि ९ लाख, ७० हजार आम्दानी गर्ने र ६ लाख ६५ हजार खर्च हुने बताइएको छ। बचत रकम क्लबको कार्यलय रहेको जीर्ण भवनको मर्मत संभारमा खर्च गर्ने क्लब अध्यक्ष जि.सी.ले बताए।

About Kiran Shahi

Check Also

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित …

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् …

Leave a Reply