Home » अन्तर्राष्ट्रिय फुटबल » पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्ने

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्धित भएका छन् ।

नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् ।

यो मूल्य यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिए पनि नेइमारका लागि हाल खर्चिएको रकम त्यो भन्दा पनि बढी रहेको छ ।

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् । उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् । शुक्रबारदेखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् ।

About Milan Shahi

Check Also

बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको …

विश्वकै सर्वाधिक महंगा खेलाडी बन्दै फ्रेन्च क्लबमा जोडीए नेइमार

विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन …

Leave a Reply