Home » राष्ट्रिय फुटबल » दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित

दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित

आज देखि झापाको दुधेमा प्रथम टुवोर्ग दुधे गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत आज भएको दूधे युनाइटेड र चर्च ब्वाइज युनाइटेड बिचको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित। तस्बिर: onlinekhabar
दूधे गोल्डकपमा चर्च ब्वाइज द्वारा दूधे युनाइटेड ३-० गोलले पराजित। तस्बिर: onlinekhabar

घरेलु टोली दूधे युनाइटेडलाई ३-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनमा आफ्नो स्थान पक्का गरेको हो ।

पहिलो हाफको २४ औं मिनेटमा चर्च ब्वाइजका अरुण श्रेष्ठले दूधेका गोलरक्षक बिट भएको मौका पार्दै गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा अनियन्त्रित जस्ता देखिएका दूधेका खेलाडीले आफ्नै पोलमा गोल गरेपछि चर्च ब्वाइजले उपहार स्वरुप अर्को गोल पायो । र, अग्रता दोब्बर बनायो ।

दोस्रो हाफको २४ औं मिनेटमा चर्च ब्वाइजका खेलाडी भुवन बस्नेतले आयोजक टोलीका रक्षापंक्तिलाई बिट गरी वान-टु-वानमा गोल गरे र ३-० को जित निश्चित गरे ।

खेलको ३८ औं मिनेटमा दूधेका प्रकाश बुढाथोकीको शक्तिशाली फ्रि-किक प्रहार गरे पनि पोलमा लागेर गोल फर्किएको थियो ।

चर्च ब्वाइजका पहिलो गोलकर्ता अरुण श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए
प्रतियोगिताको उपाधि विजताले नगद ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र पाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

बिहीबार हुने खेलमा रमपम झापा-११ र हिमालयन शेर्पा क्बलबीच प्रतिष्पर्धा हुनेछ ।

About Kiran Shahi

Check Also

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित …

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् …

Leave a Reply