Home » राष्ट्रिय फुटबल » एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एएफसीका अध्यक्ष खालिफा नेपालमा…

एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् ।

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अरु पदाधिकारी पनि काठमाडौं आएका छन् ।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

About Milan Shahi

Check Also

यी हुन् नेपालले ताजिकिस्तानविरुद्ध गरेका तीन गल्ती

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको अवे खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित …

फेरी हार्यो नेपाल्

एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग हार व्यहोरेको छ ।हारसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा …

Leave a Reply